रामेछाप साँघुटारको एक विद्यालयमा तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षक

रामेछाप साँघुटारको एक विद्यालयमा तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षक

रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयलयमा बिगत लामो समयदेखी तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षकहरुले एकै कक्षा कोठामा राखेर पढाउँदै आएका छन् । २०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा शुरुका वर्षहरुमा कक्षा ८ सम्म पढाई हुने गर्दथ्यो । पछिल्लो समय गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम वढ्दो र गाउँका अभिभावकहरु आफ्ना साना बालबालिकाहरुलाई सदरमुकामका केही निजी विद्यालयमा त केही सुविधासम्मपन्न विद्यालयहरुमा पढाउन शुरु गरेपछि त्यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्यामा कमी आएको सो विद्यालयका शिक्षकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार