रामेछापको मन्थली नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछापको मन्थली नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका दलित तथा जनताति महिलाहरुको लागी १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन हुने तयारी कक्षामा नगरपालिकाका ४५ जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका छन । १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको उद्धघाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका दलित तथा जनताति महिलाहरुलाई आफुहरुले बाटो देखाउने काम गरेको बताउनुभयो । आफुहरुले देखाएको बाटोमा सहि ढंगले हिँडेर सफल हुन तयारी कक्षामा सहभागीहरुलाई आग्रह गर्नुभयो । यसअघि रामेछाप नगरपालिकाले पनि नगरका ५० जना युवायुवतीहरुलाई १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सन्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार