रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

रामेछाप नगरपालिकामा १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले लोकसेवाद्धारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने नगरका उम्मेदवारहरुको लागि १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गरेको छ । १५ दिनसम्म सन्चालन भएको तयारी कक्षामा नगरपालिकाका ५० जनाभन्दा बढी नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने उम्मेदवारहरुले सहभागीता जनाएका थिए । १५ दिने निशुल्क लोकसेवा तयारी कक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले तयारी कक्षामा सहभागीहरुलाई यो अवसरको राम्रोसँग सदुपयोग गरेर त्यहि अनुसार आफुले बढिभन्दा बढी तयारी गरेर लोकसेवामा नाम निकाल्न आग्रह गर्नुभयो ।

सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरुलाई नगरले बाटो देखाउने काम गरेको र त्यो बाटोमा सहि ढंगले हिँडेर सफल हुन सहभागीहरुलाई उपप्रमुख खड्काकाले शुभकामना व्यक्त गर्नुभयो । १५ दिनसम्म सन्चालन भएको तयारी कक्षामा बस्नुभएका रामेछाप नगरपालिका ७ का सुदिप महताराले यो कक्षा आफनो लागी निकै महत्वुर्ण भएको बताउनुभयो । १५ दिनसम्म विविध विषयवस्तुहरुमा रहेर सिक्ने मौका पाएको र ति सिकेका कुराहरुलाई आफुले हरेक दिन तालिका बनाएर अध्यन गर्ने बताउनुभयो ।

नायव सुब्बाको तयारी गरिरहनु भएका रामेछाप नगरपालिका ८ का रिता मगरले आफु जस्ता धेरै लोकसेवाका तयारी गरिरहेका विद्यार्थीहरुलाई नगरपालिकाले निशुल्क रुपमा १५ दिने तयारी कक्षा सन्चालन गरेर बाटो देखाउने काम गरेकोमा असाध्यै खुशी लागेको बताउनुभयो । यो कक्षामा सिकेका कुराहरुलाई आफुले रातदिन मेहनत गरेर एकदिन आवश्य पनि सफलता चुम्ने बताउनुभयो । नगरपालिकाले तयारी कक्षामा सहभागी भएकाहरुलाई २ ÷२ वटा नासुको तयारी किताब समेत उपलब्ध गराएको छ । १५ दिने निशुल्क लोकसेवाको तयारी कक्षामा नगरपालिकाका अधिकृतहरु लगायत जिल्लाका विभिन्न कार्यलयका अधिकृतहरुले प्रशिक्षण दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार