तोकेअनुसार पारिश्रमिक माग गर्दै देशभरका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा उत्रिएका छन् । आ–आफ्नो ठाउँमा बसेर आवाज उठाएका उनीहरू अहिले भने पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँै केन्द्रीत आन्दोलन चलाइरहेका छन् । गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पु¥याउने उल्लेख […]

सुनापती गाउँपालिकाका गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

रामेछापको सुनापती गाउँपालिकाले पालिका भित्रका विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । हिजो पालिकाले एक कार्यक्रमको आयोजना गरि पालिका भित्रका १५ वटा विद्यालयका ७५ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले प्रमुख प्रशासकिय अधिकृतसँग जेहेन्दार छात्रवृत्ति कार्यक्रम […]

एसईईमा उत्कृष्ट नजिता ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

रामेछापको सुनापती गाउँपालिकाले एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी डहु माविबाट एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको हो । एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४२ मध्ये दुई विद्यार्थीहरु राजन तामाङ र प्रतीक थिङले उत्कृष्ट नतिजा ४ जिपीए प्राप्त गरेका […]

नमुना विद्यालय रामेछापको डहु माविका २ जनाले ल्याए ४ जीपीए

यसपटकको एसइइमा रामेछापको डहु माविका २ जना छात्रले ४ जीपीए ल्याएका छन । जिल्ला सदरमुकामभन्दा टाढा काभ्रे जिल्लासीमाको दुर्गम बस्ती सुनापती गाउँपालिका ४ बेथानको डहु माविमा अध्ययन गर्ने प्रतीक बल र राजन लामाले एसइई परीक्षा २०७८ मा ४ जीपीए ल्याएका छन् । सदरमुकामको सुविधासम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई पछि पारेर नजिता हात पारेका दुर्गमको […]

एसईईकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा :

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बाेर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० […]

एसईईको नतिजा भोलि सार्वजनिक हुने

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ  न्यूनतम ४० […]

एसईई परीक्षाको नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ । गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले त्रुटि सच्याउने लगायतका प्राविधिक काम […]

गौरीशंकर माविले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकको गुनासो

संविधानमै विद्यालय तहको शिक्षा निः शुल्क हुने उल्लेख गरिएको छ । तर पनि रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशंकर माध्यमिक विद्यालयले विद्यार्थीबाट बढी शुल्क असुल्दै आएको अभिभावकहरुले गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का निरु थापाले छोरालाई कक्षा ९ मा भर्ना गर्नुभयो । अँग्रेजी माध्यममा पढाउन छोरालाई भर्ना गर्दा उहाँले एक वर्षको शुल्क […]

नेपालमै पहिलो पटक हायु भाषा पढाउँदै महाकाली आधारभूत विद्यालय

नेपालकै लोपन्मुख जाति हायुको भाषा लोप हुने अवस्थामा छ । केहि बुढापाका बाहेकका अरु कसैले हायु भाषा बोल्न जान्दैनन् । हायु भाषा बोल्न र लेख्न जान्नुभएका महाकाली आधारभूत विद्यालयका शिक्षक रमेश हायुले विद्यालयका विद्यार्थीहरुलाई हायु भाषा पढाउन थाल्नुभएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयमा अहिले शिक्षक रमेश […]

शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई नेपाल शिक्षक महासंघको १६ बुँदे माग

नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले शैक्षिक सुधारका लागी रामेछाप नगरपालिकालाई विभिन्न सुझावहरु दिएको छ । १६ बुँदे सुझाव सहितको माग पत्र नेपाल शिक्षक महासंघ रामेछाप नगर कार्यसमितिले रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीलाई हस्तान्तरण गरिएको छ । उक्त सुझाव नगरपालिकाको नीति कार्यक्रम र वार्षिक बजेटमा समेट्न पनि आग्रह गरिएको छ । माग पत्रमा स्वयम […]