महामारीबीच सजग भएर दसैं मनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबीच सजग भएर दसैं मनाउन अपिल गर्नुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दसैंको मुखमा कोरोना भाइरसको सङ्क्रमदर उच्च बनेको भन्दै आफन्तमा सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभएको हो ।जस्तो पारिवारिक भेटघाट तथा जमघट नगरी फरक तरिकाले दसैं मनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । महामारीबाट आफू […]

विपत्तिमा जनताले अभिभावक गुमाएको अनुभव गर्दैछन्ः पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताउनुभएको छ ।दशैंको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताउनुभएको छ । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै […]

नागरिकको कोरोनाभाइरसको जाँच र उपचारको जिम्मालिन सरकारलाई आग्रह

नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना सङ्क्रमितनागरिकले आफ्नै खर्चमाउपचार गर्नुपर्ने सरकारले गरेको निर्णय लज्जास्पदभएको भन्दै निर्णय सच्याउन सरकारसँग मागगर्नुभएको छ ।  प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारको यस्तो निर्णयले सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, कर्तव्यविमुख छ भन्ने देखिएको आरोप लगाउनुभएको छ । सभापति देउवाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवानिःशुल्कप्राप्तगर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै […]

रअ प्रमुखगोयल दिल्लीफिर्ता,प्रधानमन्त्रीओलीले भेट गरेकोमा नेकपाभित्रै विरोध

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) काप्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपीशर्मा ओलीलगायतसँग भेट गरी फर्किनुभएको छ । अस्ति दिउँसो नेपाल आएका गोयल हिजो बिहान ९ बजेपछि दिल्लीफर्कनुभएको त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयल नेतृत्वको ९ सदस्यीय टोली स्वदेश फर्किएको हो । गोयल नेतृत्वको टोलीले हिजो साँझप्रधानमन्त्रीओलीसँगकरिब […]

पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि छानबिनका लागि पर्याप्त प्रमाण नपुगेको अख्तियारको जवाफ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि थप छानबिन गर्नका लागि पर्याप्त प्रमाण नभएको बताएको छ। संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण […]

कम्युनिष्टको खोजी

देवशंकर पौडेल कुनै दार्शनिक आधार नभएको, सैनिकको बलमा राजाद्वारा निर्देशित शासन भएकाले गर्दा पञ्चायतलाई कुनै राजनीतिक विचार मानिन्नथ्यो, मानिन्न । गाउँगाउँमा कम्युनिष्ट र काँग्रेसको विचारले नै गुप्तरुपमा राजनीति प्रचार प्रसारको काम गरिरहेका थिए । आजको जस्तो यो पदमा पुगेपछि यहाँबाट फड्को हानेर यो सुविधामा पुग्छु, भन्ने लालचाको समय पनि थिएन । भिन्न विचार भए पनि […]

निर्वतमान अर्थमन्त्री खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडा सहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमानमुख्यसचिवलोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाकालागि नेपाली राजदूतमासिफारिस गरेको थियो ।उहाँहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नामअनुमोदनहुनुपर्ने संवैधानिकव्यवस्था छ । आज बसेको सुनुवाई समितिको बैठकले तीनै […]

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकार उदासिन भएको काँग्रेसको आरोप

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सरकारी उदासिनताले सीमा नाघेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति निकालेर सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था समेत गर्न नसकेको बताउनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुलाई राख्ने समुचित आइसोलेसनको व्यवस्था सरकारले गर्न नसकेको पनि काँग्रेसको […]

ह्विप जारी गरेरै भए पनि प्रदेश ५ को राजधानी र नाम पारित गर्ने नेकपाको निर्णय ।।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थायी राजधानी र नामाकरणको प्रस्ताव पास गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले ह्विप जारी गरेरै भए पनि सरकारले ल्याएको प्रस्तावलाई पास गर्ने निर्णय गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । प्रदेश […]

कात्तिक ७ गतेदेखि कानुनबमोजिम क्लिनफिड लागु हुने प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक ७ गतेदेखि कानुनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी […]