राजतन्त्र पुनर्बहालीको माग गर्दै विभिन्न जिल्लाहरुमा प्रदर्शन

राजतन्त्र पुनर्बहालीको माग गर्दै विभिन्न जिल्लाहरुमा प्रदर्शन

राजतन्त्र पुनर्बहालीको माग गर्दै काठमाण्डौ लगायत विभिन्न जिल्लामा प्रदर्शन भएको छ । राजसंस्थाको पुनर्बहाली, संघीयता र धर्मनिरपेक्षता खारेजी लगायतका माग गर्दै राष्ट्रिय नागरिक आन्दोलन समितिले प्रदर्शन गरेको हो । माइतिघरबाट निस्किएको जुलुस नयाँ बानेश्वरमा पुगेर आमसभामा परिणत भएको थियो । आमसभामा अभियन्ताहरुले विभिन्न विकसित देशमा पनि राजा रहेको उदाहरण दिँदै नेपालमा पनि राजा फर्काउनुपर्ने बताएका छन् । पछिल्लो समय देशका विभिन्न सहरमा राजतन्त्र पुनर्बहालीको माग गर्दै आन्दोलन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार