देशका ठुला पार्टी कुनै हातलमा फुट्नु हुन्न : मन्त्री ढुंगेल

देशका ठुला पार्टी कुनै हातलमा फुट्नु हुन्न : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले नेकपा र नेपाली काँग्रेस कुनै हातलमा पनि फुट्न नहुने बताउनु भएको छ । सो कुरा उहाले रामेछापको मन्थली नगरपालिका वडा नं १३ मा नवनिर्मित मा.वि हर्रेचिण्डेको भवनको साचो हस्तान्तरण एबं उद्घाटन कार्यक्रमका अबसरमा वताउनु भएको हो । उहाले संविधान निर्माण लगायत लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि अहोरात्र ख्टने यी दुई पार्टिहरु फुटेमा राजावादीहरुलाई फाइदा पुग्ने भन्दै यिनिहरु कहिल्यै नफुट्ने र फुट्न पनि नहुने बताउनुभयो । उहाले नेकमा मह भएकोले महको वरीपरि माहुरीहरु घुम्नु स्वभाबिक भएको भन्दै, शक्ती केन्द्र मा बेला बेलामा हलचल आउनु वहस र पैरवी हुनुलाई स्वभाविक रुपमा लिनुपोर्ने बताउनुभयो । उहाले किबि रोपेको त ३ बर्ष पछि मात्र फल देखिन्छ भने प्रदेश सरकार गठन भएको त भर्खर साढे दुइ बर्ष मात्र भएकोले पर्याप्त विकासहरु गरेको नदेखिएपनि बाटो पिच, खेकुदका लागि आबश्यक भवनहरु चिस्यान केन्द्रहरु लगाएका निमाणकार्य जिल्लामा भैरहेको पनि बताउनुभयो । १२ र ९ कोठे २ वटा साढे ३ तले भवन फर्निचर र शौचालय सहित ७ करोड ३२ लाखको लागतमा निर्माणकार्य सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार