रामेछापमा पनि कांग्रेस उत्रियो सडकमा, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (फोटोफिचर)

रामेछापमा पनि कांग्रेस उत्रियो सडकमा, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (फोटोफिचर)

नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो । भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा सरकार लिप्त रहेकालाई खबरदारीका लागि प्रदर्शनमा उत्रनु परेको कांग्रेसले जनाएको छ । सडक देखि संसदसम्म सरकारलाई तीब्र दबाब दिने भन्दै कांग्रेसले देशैभर प्रदर्शन गरेको हो । नेपाली काँग्रेस रामेछापले पनि सरदमुकाम मन्थलीमा आज आफ्नो बिरोध प्रदर्शन गरेको छ । पार्टि सभापति लबश्री न्यौपानेको अध्यक्षतामा हजारौको संख्यामा काँग्रेसका नेता तथा कार्यकर्ताहरु सहाभागि भएर जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरिएको हो । लामो समय मौन रहेको कांग्रेस कोरोना महामारीको बढ्दो संक्रमणकै क्रममा पनि सडक प्रदर्शनमा उत्रिएको हो । कोरोना महामारी नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य सामग्री समेतमा भ्रष्टाचार गरेर सरकारले असंवेदनशीलताको पराकाष्ठा नाघेको भन्दै कांग्रेसले सडकमा उत्रन आफ्ना नेता कार्यकर्तालाई आह्वान गरको थियो । प्रधानमन्त्रीले केन्द्रकरण गरेको, अनेकन जनविरोधी विधेयकमार्फत जनताका अधिकार कुल्चँदै अधिनायकवादी बाटोमा अघि बढेको आरोप कांग्रेसले नेकपा नेतृत्वको केपी ओली सरकारमाथि लगाएको छ । महिला हिंसाप्रति सरकार पटक्कै संवेदनशील नभएको भन्दै कांग्रेसले महिला हिंसा र बलात्कार व्यापक हुँदा पनि सरकार असंवेदनशील बनेको अरोप पनि लगाएको छ ।

तस्विर समिर कार्की

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार