नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन

नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा नेताहरूको मत विभाजित भएको छ । पार्टीको संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेमा जोड दिइरहेको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेशन सार्ने विषयमा मन्जुर छैन । फागनु ७ देखि१० भित्रको लक्ष्य भेटाउन असार २५ देखि साउन मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने थियो । तर अहिले दुवैको ५० प्रतिशत काम पनि सम्पन्न भएको छैन । यस्तो अवस्थामा महाधिवेशन सार्नु पर्ने तर जेठ भन्दा पछाडी लैजान नहुने नेता डा. शेखर कोईरालाले बताउनुभयो । सभापति देउवानिकट पदाधिकारी भने जेठमा समेत महाधिवेशन गर्न नसकिने निष्कर्षमा छन् । क्रियाशील सदस्यता टुंग्याउनका लागि नै लामो समय लाग्ने भएकाले महाधिवेशन भदौमा गर्न उपयुक्त हुनेमा उनीहरुको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार