नेकपा र काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै

प्रमुख दुई ठूला पार्टी नेकपा र नेपाली काँग्रेसमा आन्तरिक विवाद झन् बढ्दै गएको छ । सत्तारूढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड–नेता नेपाल समूहबीचको टकरावका कारण पार्टी एकताले पूर्णता पाउन सकेको छैन भने काँग्रेसमा महाधिवेशन नजिकिँदै भइरहेका गुटगत चलखेलका कारण विवाद सतहमा आउन थालेको छ । जारी स्थायी कमिटीको […]

बाघ जोगाउन आवश्यक छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको अस्तित्वका लागि पनि बाघ जोगाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवसका अवसरमा आज भिडियो सन्देश दिंर्दै प्रधानमन्त्री ओलीले बाघ नेपालको पहिचान भएको उल्लेख गर्नुभयो । उहाँले बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै भएको बताउनुभयो । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउन नेपाल सरकार प्रतिबद्ध […]

नेकपा भित्रको चरम विवाद छताछुल्ल : जोड घटाउमा नेताहरू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नेताहरुको मनमुटाव र चरम विवाद छताछुल्ल पोखिएको छ । दुुई अध्यक्षबीच बैठक रोक्ने र अगाडी बढाउने विषयमा पहिलो पटक नयाँ कदम देखिएपछि पार्टीभित्रको विभाजनको रेखा गाढा हुन थालेको हो । दुईजना अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपामा पहिलो पटक पार्टी बैठक एकजनाले स्थगित गर्नु भएको छ । अर्का अध्यक्षले एक […]

विवाद समाधान गर्न नेकपा उपाध्यक्ष गौतमको ६ बुँदे प्रस्ताब

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी भित्र देखिएको विवाद् समाधान हुने गरी नयाँ प्रस्ताव गर्नुभएको छ । गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सार्नुभएको छ । प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने […]

प्रधानमन्त्रीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको भन्दै नेताहरुको बिरोध

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको भन्दै नेताहरुले बिरोध गरेका छन् । आजका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्ड सहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गर्नुभएको भन्दै पार्टी तहबाट आलोचना सुरु भएको […]

सुनीलबहादुर थापा काँग्रेसमा प्रबेश

राप्रपा परित्याग गरेर सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । आफ्नै बाबु लगायतले गठन गरेको पार्टी परित्याग गर्दै थापा आज काँग्रेसमा प्रवेश गर्नुभएको हो । काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेता थापा सहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउनुभयो । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका […]

नेकपा स्थायी समिति बैठक आज बस्दै, विगतमा जस्तै नरोकिने नेताहरुको दावी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी विवाद टुङ्ग्याउने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकको समय बिहान ११ बजे निर्धारण गरे पनि बस्नेनबस्ने निश्चित भने छैन । विवाद जस्ताको तस्तै छ । दुवै पक्ष आआफ्नो अडानमा टसमस भएका छैनन् । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं […]

४२ जना नेता कार्यकर्ताको नेतृत्व गर्दै सुनिल थापा आज काँग्रेस प्रवेश गर्दै

४२ नेताकार्यकर्ताको नेतृत्व गर्दै सुनिलबहादुर थापा आज नेपाली काँग्रेस प्रवेश गर्नुहुने भएको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे पार्टी प्रवेश कार्यक्रम तय भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री थापाले काँग्रेस प्रवेशका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराउनुभएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । […]

सभापति देउवाले नै महाधिवेशन आचारसंहिता उल्लघंन गरेको पौडेल पक्षको आरोप

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले नै महाधिवेशनको आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । पौडेल पक्षले देउवाले आचारसंहिता उल्लंघन गरेको जनाउँदै उक्त निर्णयविरूद्ध आफ्ना पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठक बोलाउने तयारी गरेको छ। पौडेल पक्षका शीर्ष तहका नेताहरुको निरन्तरको बैठकपछि आफ्नो पक्षका केन्द्रीय सदस्यलाई भोली बैठकका लागि डाक्ने आन्तरिक तयारी […]

नेकपाका दुई अध्यक्ष छलफलमा सक्रिय

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नै निवास खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर छलफल गर्नुभएको छ । नेकपाको स्थायी कमिटी बैठक भोली बस्दै छ । भोली बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल गर्नुभएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । भोलि ११ बजेका लागि स्थायी कमिटीको बैठक तय […]