नामाडी घटनालाई अतिरन्जीत गरिएकोमा तरुणदलको आपत्ति

नामाडी घटनालाई अतिरन्जीत गरिएकोमा तरुणदलको आपत्ति

नेपाल तरुण दल रामेछापले मंगलबार नामाडीमा भएको घटनालाई राजनीतिक पूर्वग्राहका आधारमा अतिरन्जित बनाउन खोजेको आरोप लगाएको छ । नेपाल तरुण दल रामेछापले विहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि घटनालाई तोडमोड गर्दै जिल्ला अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथी प्रहरीको समेत मिलेमतोमा घटनालाई अतिरंजित बनाउन खोजेको भन्दै उक्त घटना प्रति कडा आपत्ति जनाएको हो । मंगलबार गोकुलगंगा गाउँपालीका ५ नामाडिमा निर्माणाधिन बासे सडकको विषयलाई लिएर संम्बाद भईरहेको बेला सडक उपभोक्ता समितिका सचिव देबराज खड्का माथि तरुणदलका जिल्ला अध्यक्ष काजि बहादुर खड्काको नेतृत्वमा नेकाका युवा नेता दीपक खड्का लगायतको समुहले अन्धाधुन्द रुपमा कुटपीट गरी आफुलाई गम्भिर घाईते बनाएको भन्दै कार्तिक ३ गते बिहिबार उपभोक्ता समितिका सचिव देवराज खड्काले तरुण दलका अध्यक्ष काजी बहादुर खड्का,नेकाक युवा नेता दीपक खडका र सुमन खड्काका नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

सोहि विषयलाई लिएर घटनालाई तोडमोड गरि राजनितिक पुर्वाग्रहका आधारमा प्रहरीमा ज्यान मार्ने उद्योग अन्र्तगतको मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भिर ध्यानकर्षण भएको पत्रकार संम्मेलनमा वितरीत विज्ञप्ती मार्फत जनाएको छ । नेपाल तरुण दल रामेछापका उपाध्यक्ष बासुदेव फुयाल र सचिब बिश्वराज कोइरालाद्धारा हस्तक्षरित बिज्ञप्तीमा भनिएको छः ‘ आफ्नो स्थापनाकाल देखिनै नेपाल तरुण दलले आफ्नो बर्गिय चरित्र अनुरुप गलत प्रवृत्तिको डटेर खबरदारी गरीरहेको इतिहास जगजाहेरै छ ।

यसै सन्दर्भमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घट्ना प्रक्रियालाई लिएर जे जसरी बास्तविकतालाई तोडमोड गर्दै घटनाको प्रक्रियामा कुनै पनि संलग्नता नरहेका व्यक्तिहरुमाथी जबरजस्त ढंगबाट राजनीतिक प्रतिशोध साँध्ने र पूर्वग्राही ढंगले बदनियत तरबले व्यक्तिको चरित्र हत्या गर्ने गरी नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ लगायतका ब्यक्तीमाथी प्रहरीको समेत मिलेमतोमा मिति कार्तिक ३ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा ज्यान मार्ने कसुर अन्तरर्गत मुद्दा दर्ता गरिएको प्रति नेपाल तरुण दल रामेछाप जिल्ला कार्यसमितिको गम्भिर ध्यानकर्षण गराउन चाहान्छौँ ।’

त्यस्तै विज्ञप्तीमा लोकतन्त्रको दीप गाउँ–गाउँमा बाल्नुपर्छ अनि समाजको सर्वाङगीण विकास हुनुपर्छ भनेर गाउँको सेवामा तल्लिन रहेको व्यक्ति ,जसको समाज प्रतिको बढ्दो आकर्षण अनि हरेक खालका विकासका गतिविधिमा पहरेदारी गरेको देख्न नसक्ने तत्वहरुले जाल र षड्न्त्र रची आज सत्ता र शक्तिको आडमा निर्दोश व्यक्तिमाथी घटनाको प्रकृतीको यर्थात नै नबुझी जुन ढंगले घटना क्रम विकसित हुदैँ गएको छ । त्यो सत्यता बाहिर आउने छ र बास्तविकता के हो भन्ने कुरा सबैले बुझ्ने छन् । स्वतन्त्र अनुसन्धान पछिको परिणाम बाट कानुन भन्दा माथि कोही छैन् भन्ने कुराको पूर्ण आभाष हुने छ भन्ने विश्वास हामीले लिएका छौँ र घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कार्वाहीको लागि पनि तरुण दलले माग गरेको पनि जारी विज्ञप्तीमा जनाईएको छ । नेपाल तरुण दल रामेछापले नेपाली काँग्रेसको शालिनता र अनुशासनलाई कमजोरीको रुपमा ठानेर सत्ता र शक्तीको आडमा गरिने निरंकुश गतिविधि तथा राजनिति पुर्वाग्रहको आधारमा निर्दाेष ब्यतिmलाई फसाउने खालको गतिविधि अघि बढ्दै गए नेपाल तरुण दल पनि चुप लागेर नबस्ने र सो बाट उत्पन्न परिस्थितिको जिम्मा प्रशासन स्वयमले लिनुपर्ने चेतावनी पनि पत्रकार सम्मेलन मार्फत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार