नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्ताव दर्ता

नेकपाकै ९० जना सांसदद्वारा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्ताव दर्ता

नेकपाका ९० जना सांसदले आफ्नै दलका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार हटाएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने मागसहित संसदमा प्रस्ताव गर्दा  गरेका छन् ।

नेकपाका ९० जना सांसदले आज आइतबार संसद् सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेको खुलेको छ ।

संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसँगै कार्यकारी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव दर्ता भएको हो ।

प्रस्तावमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहिरहँदा चुनौती र समस्याहरू अझै गम्भीर बन्दै जाने, संविधानमाथि प्रहार भइरहने र यसबाट जनता एवं देशले ठूलो क्षति व्यहाेर्नुपर्ने हुन्छ । नेपालको संविधानको धारा १०० को उपधारा ४ तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५३ बमोजिम केपी शर्मा ओलीमाथि सदनको विश्वास छैन भनी अविश्वास प्रस्ताव पेस गर्ने प्रयोजनका लागि संविधानको धारा ९३ को उपधारा ३ अनुसार तत्काल प्रतिनिधिसभाको बैठक बोलाउन अनुरोध गर्दछौँ ।’

प्रस्तावमा थप भनिएको छ, ‘साथै प्रधानमन्त्री ओलीलाई पदमुक्त गरी नेपालको संविधानको धारा १०० को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदका लागि माननीय पुष्पकमल दाहाललाई प्रस्तावित गरेका छौँ ।’

यस्ताे छ दर्ता गरिएकाे पत्र –

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार