कोरोनाको खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ

कोरोनाको खोप सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोपसबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताउनुभएको छ । आजसंयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको प्रसंसा गर्नुभयो । सम्बोधनका क्रममा उहाँले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने र सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको पनि बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको र महामारीको त्रासदी रहेको बताउनुभयो । कोरोना महामारीबाट कोही पनि सुरक्षित नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको बताउनुभयो । शून्य जस्तै अवस्थाबाट शुरु गरेर मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेको र ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको जानकारी दिदै उहाँले सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार