संसद् विघटन , वैशाख १७ र २७ मा निर्वाचन हुने

संसद् विघटन , वैशाख १७ र २७ मा निर्वाचन हुने

President Bidya Devi Bhandari signs

आउँदो वैशाखमा दुई चरणमा निर्वाचन गर्ने गरी संघीय संसद् विघटन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेसँगै संसद् विघटन भएको हो ।  वैशाख १७ मा पहिलो चरणमा र २७ मा दोस्रो चरणमा निर्वाचन हुने गरी संसद् विघटन सदर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने सदर भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिसबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीद्वारा निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीको पूर्ण पाठ –

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार