रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  […]

रामेछापको युवा नेता मोक्तान बने जसपाको केन्द्रिय सचिवालय सदस्य

जनता समाजवादी पार्टी नेपालको संघिय परिषद केन्द्रीय सदस्य एवम सचिवलय सदस्यमा रामेछापका युवा नेता रोज बहादुर मोक्तान मनोनीत हुनुभएको छ । शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकको निर्णयले मोक्तानलाई मनोनीत गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका टिमु घर भएका मोक्तान बिगत लामो समय देखि नै पार्टीमा निरन्तर लागि परिरहेको नेता हुनुहुन्छ । समाजका हरेक समस्यलाई पहिचान […]

स्थानीय तह निर्वाचन तयारीबारे आज निर्वाचन आयोग र दलहरूबीच छलफल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल भएको छ । आयोगले निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने उदेश्य सहित आज छलफल कार्यक्रम गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  बताउनुभयो । छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिलाई सहभागी भएका छन् । बैठकमानिर्वाचन आयोगले स्थानीय तहको […]

एमसीसीको टेन्डरमा भाग लिन निमार्ण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरको प्रतिस्पर्धामा भाग लिन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन उहाँले आग्रह गर्नुभएको हो । आज काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताउनु भयो । […]

रामेछापमा संस्कृति तथा पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्छु : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले रामेछापको संस्कृति र पर्यटनको क्षेत्रमा योजना माग भएमा बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज नेपाली कांग्रेस रामेछाप नगरको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले रामेछापका विभिन्न पर्यटकिय तथा ऐतिहासिक ठाउँहरुमा पूर्वाधार निर्माण,संरक्षण सम्बद्र्धन लगायतका क्षेत्रमा प्रदेश सरकारले काम गर्ने […]

नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुद्धारा बहिस्कार

सोमबार सित्खा बजारमा बसेको नेपाली काँग्रेस रामेछापको बैठक बहुमत सदस्यहरुले बहिस्कार गरेका छन् । जिल्ला सभापति कान्छाराम तामाङ्गको ब्यवहार प्रति असंतुष्ट बनेको सदस्यहरुले बैठक चलिरहेको बेला पार्टि सचिव दीपक खड्काको नेतृत्वमा बैठक बहिस्कार गरेका हुन् । सचिव खड्का संगै समितिका बहुमत सदस्यहरुले पार्टि सचिब दीपक खड्काको लाईनलाई समर्थन गर्दे बैटकबाट बाहिरिएका थिए । बैठक बहिस्कार […]

प्रतिनिधिसभामा एमसीसी छलफलका लागि प्रस्ताव पेश हुने

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) छलफलका लागि प्रस्ताव पेश हुने भएको छ । यसअघि हिजो नै प्रस्ताव पेस गर्ने तयारी गरिएको भनिएपनि अन्तिम समयमा बैठक स्थगित गरिएको थियो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका […]

एमसीसीमा विपक्षमा मतदान गरे सत्ता सहकार्य गर्न नसकिने काँग्रेसको निष्कर्ष

नेपाली काँग्रेसले सत्ता साझेदारमा रहेका गठबन्धनभित्रका दलहरूले एमसीसी पारित गराउन नसघाएको खण्डमा थप सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग वास्तममा त्यसो भएको खण्डमा थप सहकार्य नहुने नेपाली काँग्रेसले प्रष्ट पारेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरूसँग आन्तरिक छलफल गर्दै एमसीसीको […]

विरोधकाबीच पेश भएको एमसीसीलाई लिएर दलका नेताहरूको आ–आफ्नै धारणा

लामो समयको छलफल र बहसपछि अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल भएको छ । सरकारमा रहेका दलहरूको अलमल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच हिजो एमसीसी प्रतिनिधिसभा बैठकमा पेश भएको हो । एमसीसीलाई संसदमा टेबल गर्ने, नगर्ने तथा कहिले गर्ने भन्नेमा सत्ता गठबन्धनमा मात्रै होइन, विपक्षी दलमा पनि एकमत थिएन । एमसीसी टेबल […]

आजदेखि मतदाता नामावली सङ्कलनको काम रोकियो

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको छ । हिजो बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको हो। सरकारले स्थानीय तहको मिति तय गरेपछि आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम रोकिने आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले बताउनुभयो । उहाँले नामावली सङ्कलनको काम स्थगित गरेर अद्यावधिक गर्ने […]