रामेछापमा गठबन्धन हुने नहुने बारे निर्णय गर्न आज अन्तिम पटक बैठक बस्दै

रामेछापमा गठबन्धन हुने नहुने बारे निर्णय गर्न आज अन्तिम पटक बैठक बस्दै

यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने नहुने बारे आज निर्णय हुने भएको छ । रामेछापमा पाँच दलिय गठबन्धनलाई निचोडमा पुग्न सकस भएको छ । केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा पटकपटक छलफल भए पनि सहमति जुट्न नसकेको नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण ब तामाङ(कान्छाराम)ले ईरामेछापलाई बताउनुभयो ।

जिल्लामा गठबन्धनको नेतृत्व कांग्रेसले गरिरहेको छ । सहमतिका लागि धेरै पटक बैठक बसिसकेको भए पनि निचोडमा पुग्न नसकिएको उहाँले बताउनुभयो । नेपाली कांग्रेस र माओवादीबीच सिट बाँडफाँडमा कुरा नमिल्दा चुनावी तालमेल हुने नहुने अनिश्चित बनेको छ । आज साँझ अन्तिम पटक सत्ता गठबन्धनको बैठक बसेर छलफल गर्ने प्रयास भैरहेको सभापति कान्छाराम)ले जानकारी दिनुभयो ।

सकभर सहमती गर्ने प्रयास गरिने यदि सहमती नभए भोली देखी नै कांग्रसले आफना उम्मेद्वारहरुलाई टिकट बाँड्न सुरु गर्ने उहाँले ईरामेछापसँग बताउनुभयो । माओवादीले सुनापति गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गर्दै आएको छ । माओवादीले चार वटा स्थानीय तहमा दावी गरेपछि कांग्रेसले पनि रामेछापको पाँच वटा स्थानीय तह दावी गरेको छ । एकीकृत समाजवादीले मन्थली नगरपालिकामा आफ्नो दावी कायमै राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार