रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट फेरी पनि केदार कार्की वडाअध्यक्षको उम्मेदवार

रामेछाप नगरपालिका–८ मा कांग्रेसबाट फेरी पनि केदार कार्की वडाअध्यक्षको उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले फेरी पनि रामेछाप नगरपालिका वडा नं ८ मा केदार कार्कीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित हुनुभएका कार्कीलाई अहिलको निर्वाचनमा पनि कांग्रेसले वडाअध्यक्षको उम्मेदवार बनाएको हो ।

५ वर्षको अबद्यिमा वडा नं ८ मा धेरै कामहरु भएको वडाअध्यक्षका उम्मेदवार कार्कीले बताउनुभयो । उहाँले वडाको समग्र विकासमा आफु पहिलादेखी नै रात दिन नभनी लागी परेको भन्दै पहिलो कार्यकालमा आधाअधुरा रहेका कामहरु अबको कार्यकालमा पुरा गर्ने पतिबद्धता पनि व्यक्त गर्नुभयो । नागरीकले रुचाएको र जनमत पनि धेरै भएको हिसाबले कार्कीलाई पुन वडाअध्यक्षको उम्मेदवार बनाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार