कांग्रेसबाट रामेछाप नगरपालिकाको मेयरमा ३ जनालाई ९ वटै वडाको साथ

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिकाको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । आज नेपाली कांग्रेस रामेछाप नगर समितीको बैठकले प्रमुख तथा उपप्रमुखको नाम सिफारिस गरेको हो । रामेछाप नगरपालिकाको ९ वटै वडाहरुबाट नगर प्रमुखमा कमल विक्रम कार्की,लवश्री न्यौपाने र रत्न कार्कीको नाम सिफारिस भएको छ […]

वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्छु : ध्रुब बस्नेत

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरबाट सर्वसम्मत वडाध्यक्षको उम्मेद्वार बन्नुभएका ध्रुब बस्नेतले आफुले वडामा चुनाव जिते सुकाजोरको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो । उहाँले वडाअध्यक्षमा निर्वाचित भएपछि आफुलाई राज्यकोषबाट आउने कुनै पनि नगद रकमबाट वडामा रहेका दलित,गरिब र जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग गर्ने […]

रामेछापमा स्थानीय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा पाँच दलिय गठबन्धनले तालमेल गर्ने भएका छन । आज मन्थलीमा गठबन्धनको पहिलो बैठकले केन्द्रले जारी गरेको अपिललाई आत्मासात गर्दै रामेछापमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको नेपाली कांग्रेस रामेछापका उपसभापति लेख ब कार्कीले जानकारी दिनुभयो । पाँच दलको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर […]

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेबाट रोशन र सिता सर्वसम्मत उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिकाले मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंग्याइएको छ । शुक्रबार बसेको एमाले नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सिता केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मेयरका उम्मेदवार पाख्रिनले रामेछाप नगरपालिकाको मेयर जितेको खण्डमा विशिष्ट महत्व बोकेको रामेछाप बजारलाई सुन्दर र […]

रामेछाप नगरपालिका ७ मा एमालेबाट ध्रुब बस्नेत सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा वडाध्यक्षको उम्मेद्वार सर्वसम्मत टुंग्याइएको छ । आज बसेको एमाले नगर कमिटीको बैठकले ध्रुब बस्नेतलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । वडाध्यक्षका उम्मेद्वार बस्नेत भूतपूर्व नेपाली सेनाका जमदार हुनुहुन्छ । सुकाजोरमा चुनाव जित्ने एमालेको एक मात्र बलियो उम्मेद्वार […]

नेपाली कांग्रेस रामेछाप नगरपालिकाले कुनै दलसँग गठबन्धन नगरी चुनाव लड्ने

सरकारमा सहभागी दलहरू स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तयारी गरिरहेका बेला नेपाली कांग्रेस रामेछाप नगरपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिको आज(बुधबार) बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै दलसंग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन र […]

रामेछाप नगरपालिका ६ ओख्रेनीमा कांग्रेसको उम्मेदबार सर्वसम्मत,राजेश तामाङ वडाअध्यक्षमा उठ्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीमा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदबारमा सर्वसम्मत टुंग्याएको छ । आज बसेको नेपाली काँग्रेस वडा समिती बैठकले राजेश तामाङलाई वडाध्यक्षको उम्मेद्बार बनाउने निर्णय गरेको हो । यसैगरी अन्य ४ जना सदस्यका उम्मेदबार खड्ग ब मगर,शर्मिला विक,गंगाराम तामाङ र सबिना मोत्तान  […]

रामेछापको युवा नेता मोक्तान बने जसपाको केन्द्रिय सचिवालय सदस्य

जनता समाजवादी पार्टी नेपालको संघिय परिषद केन्द्रीय सदस्य एवम सचिवलय सदस्यमा रामेछापका युवा नेता रोज बहादुर मोक्तान मनोनीत हुनुभएको छ । शुक्रबार बसेको केन्द्रिय कमिटी बैठकको निर्णयले मोक्तानलाई मनोनीत गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका टिमु घर भएका मोक्तान बिगत लामो समय देखि नै पार्टीमा निरन्तर लागि परिरहेको नेता हुनुहुन्छ । समाजका हरेक समस्यलाई पहिचान […]

स्थानीय तह निर्वाचन तयारीबारे आज निर्वाचन आयोग र दलहरूबीच छलफल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल भएको छ । आयोगले निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने उदेश्य सहित आज छलफल कार्यक्रम गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  बताउनुभयो । छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिलाई सहभागी भएका छन् । बैठकमानिर्वाचन आयोगले स्थानीय तहको […]

एमसीसीको टेन्डरमा भाग लिन निमार्ण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेन्डरको प्रतिस्पर्धामा भाग लिन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन उहाँले आग्रह गर्नुभएको हो । आज काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताउनु भयो । […]