स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरू चुनाव प्रचारप्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरू चुनाव प्रचारप्रसारमा व्यस्त

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा केन्द्रित भएका छन् । उम्मेद्वार र दलहरू घरदैलो अभियानदेखी सामाजिक सञ्जालको प्रयोगमा लाग्दै गर्दा मतदाता भने नयाँ र सभ्य शैलीको अपेक्षामा छन् । रामेछापमा नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,नेकपा एकिकृत समाजवादी,राप्रपा लगायतका दल र उम्मेदवारहरू चुनाव प्रचारप्रसारमा व्यस्त छन।

नेपालमा भने सञ्चारमाध्यम बाहेक उम्मेद्वारहरूले स्वस्फुर्त रुपमा प्रश्नोत्तरका कार्यक्रम गरेको देखिँदैन । भड्किलो प्रचारको शैलिले खर्च बढाएको छ भने कतिपय स्थानमा झैझगडा बढाएको छ भनेपैसा र शक्तिको दुरुपयोग गरी मतदातालाई प्रभावित गर्ने प्रयास दलहरूले विगतदेखि गर्दै आएका छन् । तर योग्य व्यक्तिलाई विजयी गराउन हरेक व्यक्तिको मतदान निर्णायक छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार