अपाङ्ग परिचय पत्र वितरणमा भएको चलखेलमा यसो भन्छिन रामेछाप नगरपालिकाका उपप्रमुख कार्की(भिडियो)

रामेछाप नगरपालिकाले अपाङ्ग भएको व्यक्तिलाई वितरण गर्ने परिचयपत्रमा नगरपालिकाको आर्थिक चलखेल देखिएको समाचार केहि समय अघि विभिन्न अनलाईन मिडियाहरुमा आयो । नगरपालिका आफैले बनाएको कार्यविधि विपरित परिचयपत्र वितरण गरेर नगरपालिकाले आर्थिक चलखेल गरेको समाचार बाहिरिएपछि रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले यस विषयमा नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर […]

शिक्षक,विद्यार्थी र अभिभावकलाई सांसद कान्छारामको सुझाव(भिडियो)

रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधी सभाका सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले हरेक सामुदायिक विद्यालयको अवस्था खस्कदैँ गएको भन्दै विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङकर माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले शैक्षिक गुणस्तर सुधार गर्न आफु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सक्षम र सिपयुक्त दक्ष जनशक्त उत्पादन […]

खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्छु : सांसद श्रेष्ठ

रामेछापका प्रदेश सभा सांसद तारानारायण श्रेष्ठले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी आफुले सक्दो पहल गर्ने बताउनुभयो । रामेछाप नगरपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेलप्रती खेलाडीको हौसलासँगै विद्यार्थीबेलोदेखी नै प्रतिस्पर्धाको भावना जागृत गराउनमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको उहाँले […]

सार्वजनिक जग्गा मिचेर घर बनाएको प्रमाण सहित लिएर आउनुहोस हामी भत्काउँछौँ : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर घर बनाएको पाइएमा भत्काइने बताउनुभयो । ईरामेछापसँग कुराकानी गर्दै नगर प्रमुख न्यौपानेले सार्वजनिक जग्गा मिचेर जो कोहिले घर बनाएको प्रमाण सहित लिएर आए आफुहरुले उक्त घर भत्काउने बताउनुभयो । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बजारमा सार्वजनिक जग्गा मिचेर धेरैले घरहरु बनेको भन्दै नागरीकस्तरबाट प्रश्नहरु […]

सहकारी उत्पादनसँग जोडिनुपर्छ : मेयर बस्नेत(भिडियो)

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सहकारी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । ६५ औँ राष्टिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाहरुले ऋण र बचत मात्रै नभएर लघुउद्यम,कृषि,पशु जस्ता व्यवसायिक उत्पादनहरुसँग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाले नगरमा भएका सहकारीहरुलाई व्यवस्थित बनाउने काम गरेको उहाँको भनाई छ […]

मिर्गौला बचाउ अभियान : डा.ऋषि काफ्ले(भिडियो)

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिउनुपर्ने बताउनुभयो । प्रशस्त पानी पिउने,हरेक वर्ष मिर्गौला परिक्षण गर्ने गरेको खण्डमा मिर्गौलामा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिने उहाँले बताउनुभयो । रामेछापको मन्थली नगरपालिकाले नगरका २० हजार नागरिकको निशुल्क मिर्गौला परीक्षण गरेको छ । मिर्गौला बचाउ अभियानका अभियान्ता समेत रहेका डा काफ्ले सबै स्थानीय […]

नागरीकको मिर्गौला परीक्षण गरेर हामीले स्वस्थ मन्थलीको थालनी गर्‍यौँ : प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछाप मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले नागरीकको निशुल्क मिर्गौला परीक्षण गरेर स्वस्थ मन्थलीको थालनी गरेको बताउनुभयो । स्वास्थ मिगौला,स्वस्थ मन्थली भन्ने नारासहित नगरपालिकाले सबै नागरीकहरुको मिर्गौला परीक्षण गरेको भन्दै उहाँले यो अभियानमा धेरै नागरीकहरुले उत्साहका साथ आफनो मिर्गौला परीक्षण गराएको बताउनुभयो । निशुल्क मिर्गौला परीक्षण अभियानको नतिजा सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा […]

पाँच वर्षको विकास हेर्न मन्थली आउनुहोस : नगर प्रमुख बस्नेत(भिडियो)सहित

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले पाँच बर्षको अबद्यिमा मन्थलीमा विकासले फड्को मारेको बताउनुभयो । जननिर्वाचित जनप्रतिनिधी आएदेखी अहिलेसम्म अर्थात ५ वर्षको अवद्यिमा शिक्षा,स्वास्थ्य,कृषि,विद्युत,खेलकुद,भौतिक पूर्वाधार जस्ता क्षेत्रमा निकै परिवर्तन आएको उहाँले बताउनुभयो । निशुल्क मिर्गौला परीक्षण अभियानको नतिजा सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । https://www.youtube.com/watch?v=vpakGLBdUDE

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा आजदेखी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सुरु भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

न्यायिक समितीलाई जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिको सुझाव

रामेछाप जिल्लाका जिल्ला न्यायधिस बद्रि प्रसाद ओलिले न्यायिक समितीलाई नागरीकलाई न्याय दिँदा प्रक्रिया पुरा गरेर न्याय प्रदान गर्न आग्रह गर्नुभयो । रामेछाप नगरपालिकाले शनिबार आयोजना गरेको न्यायधिससँग अन्तरपालिका न्यायिक समिती समन्वय कार्यक्रममा बोल्दै उहाँले पालिकाहरुमा गठन भएको न्यायिक समितीहरुले विवाद समाधानको काम गरिरहेको भएपनि सबै प्रक्रिया भने नपुग्ने गरेको बताउनुभयो । न्यायिक समितीमा आएका सबै […]