सहकारी उत्पादनसँग जोडिनुपर्छ : मेयर बस्नेत(भिडियो)

सहकारी उत्पादनसँग जोडिनुपर्छ : मेयर बस्नेत(भिडियो)

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सहकारी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । ६५ औँ राष्टिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाहरुले ऋण र बचत मात्रै नभएर लघुउद्यम,कृषि,पशु जस्ता व्यवसायिक उत्पादनहरुसँग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाले नगरमा भएका सहकारीहरुलाई व्यवस्थित बनाउने काम गरेको उहाँको भनाई छ । सहकारी ऐन,विभिन्न सहकारी व्यवस्थापन सम्बन्धित तालिम दिने जस्ता महत्वपुर्ण काम नगरपालिकाले गरेको उहाँले बताउनुभयो ।

थप भिडियोमै हेरौँ : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार