सरकारले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने
सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण सबै समूहका मानिसमा देखिरहेको र यात्रा विवरण नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न लागेको हो । चिकित्सकहरूका अनुसार नेपाल अहिले सङ्क्रमणको दोस्रो चरणमा रहेको छ […]