ईपीएसमार्फत सन २०२० का लागि दक्षिण कोरिया जान दिइने

ईपीएसमार्फत सन २०२० का लागि दक्षिण कोरिया जान दिइने

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो ।वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल परीक्षा नभए पनि आउँदो पुसरमाघ महिनामा परीक्षा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले सन २०२० का लागि दक्षिण कोरिया जान ९० हजार आवेदक परीक्षाको तयारी गरेर बसेकाले नियमित तालिकाभन्दा सातरआठ महिना ढिला भए पनि परीक्षा हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार