कोरोना रोकथामका लागि सुनापती गाउँपालिकाको खर्च २७ लाख बढी

कोरोना रोकथामका लागि सुनापती गाउँपालिकाको खर्च २७ लाख बढी

रामेछापको सुनापती गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण र व्यवस्थापनमा २७ लाखभन्दा बढी रकम खर्च गरेको छ । सुनापती गाउँपालिकाले कारोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा हालसम्मको अवधिमा २७ लाख ६३ हजार ८ सय २३ रुपैयाँ बराबरको रकम खर्च गरेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अर्जुन श्रेष्ठले ई रामेछापलाई दिनुभएको जानकारी अनुसार उक्त रकम आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, थर्मलगन, सेनिटाइजर, पिपिई सेट खरिद एवम् आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापन र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खाजा, खाना लगायतका शीर्षकमा खर्च गरिएको हो । गाउँपालिकाले मास्क , पन्जा , स्यानिर्टाजर , साबुन औषधि तथा सर्जिकलन सामाग्री ,असंगठित कामदार, वेरोजगारीलाई राहत तथा उद्धारमा १७ लाख ६३ हजार ८ सय २३ रकम खर्च गरेको छ । यसैगरी हेल्थ डेस्क तथा प्रचारप्रसार , यातायात र अन्य विविध शिर्षकमा १० लाख रुपैयाँ रकम खर्च भएको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार