चुनावको मुखैमा आएर मलाई फसाउन खोजियो:लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का

चुनावको मुखैमा आएर मलाई फसाउन खोजियो:लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको हो ।

त्यस्तै, तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० मागदावी गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४–०७५ र २०७५–०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

विद्युतीकरण गर्न उपकरण खरिद गर्दा ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । तर लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले चुनावको मुखैमा आएर आफुलाई फसाउने सड्यन्त्र भैरहेको भन्दै सामाजिक सन्जाल फेसबुकमा लामो स्ट्याटस लेख्नुभएको छ । उहाँले २७ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा आफुहरु सबैजना निर्दोष रहेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ अध्यक्ष खड्काले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको स्ट्याटस : 

लिखु तामाकोशी गाउँ पालिकका आदरणीय मेरो सम्पुर्ण आमा बुवा दाजुभाइ तथा दिदिबहिनी ज्युहरु🙏🤲
यश पालिकाको समग्र बिकास गर्न , जनताको दुख कस्ट हटाउन ,अन्याय अत्याचार , दमन शोषण शून्य बनाउन , भेदभाव अन्त्य गर्न, भ्रष्टाचार र घुसखोरी हटाउन , अनियमितता र चौपट्टै ढिलासुस्ती हटाउन मेरो राजनीति हो भन्ने सबैलाई जानकारी छ नै
गत चुनावमा मलाई यश पालिकाका जनताले अत्याधिक बहुमतले बिजय गराइ ऐतिहासिक जिम्मेवारी दिनु भएको थियो यसको लागि आदरणीय आम नागरिकहरु प्रति हार्दिक आभार प्रकट गर्दछु 🙏
🙏 मेरो सपना र जनताको चाहाना ठिक थियो तर पार्टीका निश्चित पंक्ति, उनीहरुको प्रवृत्ति र स्वार्थका निम्ति नियतबस मलाई अनेकौं अबरोध र झुटा मुद्दा मामिलामा फसाउन लागि परे र भने जस्तो बिकासका कामहरु गर्ने वातावरण दिएन !
पार्टीका केहि सहकर्मी साथीहरू बाट विभिन्न जालझेल सुरुदेखी नै सुरु भयो जसको कारण मेरो चहाना र जनताको इच्छा अनुसार बिकासका कामहरु हुन सकेन !
मलाई दिनु भएको विस्वास र जिम्मेवारी प्रति यश पालिकाका सम्पूर्ण नागरिकहरुलाइ हृदय देखि आभार व्यक्त गर्दछु !
मैले यश ठाउको दुर्तगतिको बिकास गर्नको निम्ति अहोरात्र खटेर चुनावमा जनतालाई दिएको बाचा पूरा गर्न तल्लीन भइ दिनरात लागि परेको थिए तर यश ठाउको मेरो विकासको क्रान्तिकारी कदम देखेर पार्टीका केहि ब्याक्ती र पंक्ति बाट धेरै अबरोध गर्नका साथै अनेकौं झुटा मुद्दा लगाइ मेरो हरेक पाइलामा रोकाटोक निरन्तर नियत बस भइ रह्यो !
पार्टीका भित्रका केहि ब्यक्तिहरुको डाह ईष्र्या स्वार्थका फलस्वरूप विभिन्न शक्ति सम्रचना र समंयन्त्र नै प्रयोग गरि निरीह बनाएर मलाई बारम्बार फसाउन्न झुटो मुद्दा लगाउदै मलाई असफल बनाउने काम पार्टीका केहि व्यक्ति लागि परेका थिए र छन !
स्थानीय चुनावको मुखैमा भर्खरै हिजो पनि म लगाएत २७ जाना विरुद्ध झुटो मुद्दा लगएको समाचार मार्फत मैले थाह पाए र म आश्चर्यमा परेको छु!
यश पालिकामा मैले गरेको चुनावी बाचा र तपाई जनताहरुले दिनु भएको उज्यालो लिखु अभियान अन्तरगत विद्धुतिकरण अभियामा सम्पूर्ण पालिकालाई अध्यरो बाट मुक्ती दिलाउन गाउँ पालिकाको करिब एघार करोड भन्दा कम लागत खर्च भएको थियो तर म लगाएत उपभोक्त समिति र कार्यकारी अधिकृत समेतलाई झुटो आरोप लगाइ आश्चर्यजनक ११ करोड लागतको योजनामा १६ करोड बराबरको भ्रष्टाचार भयो भनेर झुटो मुद्दा दाएर विशेष अदालतमा दर्ता भएको रहेछ!
मैले राज्यको आजसम्म एकसुका हिनामिना गरेको छुइन
उपभोक्त समिति र कर्मचारी समेत निर्दोष छन भन्ने लाग्छ
देशमा कानुन मरेको छैन र सत्यको जित हुन्छ त्यसैले उपभोक्त समितिमा रहनु भएका सबै जनता निर्दोष हुनेछन भन्ने लाग्छ
कर्मचारीहरु पनि निर्दोष छन भन्ने विस्वास मलाई छ
देशमा न्याय छ र न्याएलयले न्याय दिन्छ भन्ने विस्वासको आधारमा मुद्दा आरोप लगाइएका कोहि पनि निरास र बिचलित नहुन सबैलाई विनम्र अनुरोध गर्दछु 🙏
अन्त्यमा मलाई चुनावको मुखैमा आएर चुनाव लड्न नदिने झुठो षड्यन्त्रको विरुद्धमा मेरा एकाघरका परिवारलाई तपाईंहरुको सामु फेरि तपाईंहरुकै सेवा गर्नको निम्ति म साथमा रहि चुनावमा उतृने घोषण गर्दछु 🙏!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार