भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनसक्ने

भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिनभित्र निवेदन दिनसक्ने

राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा लिनको लागि निवेदन दिन आग्रह गरेको छ । आयोगले आज ३५ दिने सूचना निकालेर आजदेखि आयोगले तोकेको ढाँचा अनुसार निवेदन फारम स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलक मार्फत पेश गर्न अनुरोध गरेको छ । आयोगले सातै प्रदेशका ३८ जिल्लामा निवेदन दिन सकिने जनाएको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नको लागि सूचना निकालेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार