स्थानीय तहको निर्वाचन सफल पार्न आयोगको अपील

स्थानीय तहको निर्वाचन सफल पार्न आयोगको अपील

प्रमुख निर्वाचनआयुक्त दिनेश कुमार थपलियाले वैशाख ३० गतेका लागि तय भएको स्थानी यतहको निर्वाचन सफल पार्न सबैसँग अपील गर्नुभएको छ । आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोगले गरेको स्थानीयतह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले आयोगले निर्धारण गरेको तालिका बमोजिम निर्वाचन सफल पार्न जुट्न सबैसँग अपील गर्नुभएको हो ।

देशमा स्थानीयतह निर्वाचनको माहोल तयार भइसकेको भन्दै अब निर्वाचन सार्न खोजिए त्यसले दुर्घटना निम्त्याउने उहाँको भनाइ छ । निर्वाचनको मिति तय गर्नुअघि संविधान र कानुनलाई ध्यानमा राखेर छलफल गरिएको उहाँले बताउनुभयो ।निर्वाचन अचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसको पालना सबै पक्षले गर्नुपर्ने आयुक्त थपलिकाले बताउनुभयो ।निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन पनि उहाँले चेतावनी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार