गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा जग्गा तथा घरधनीले क्षतिपूर्तिको माग गर्दै काम रोके
खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध छ । प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगङ्गा गाउँपालिकामा रहेकाे ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोशी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन् । […]