रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने

रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । वडामा रहेका सबै घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने तयारी अन्तिम चारणमा पुगेको वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो । निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यहि असोज महिना भित्रमा सुरु गर्ने तयारी रहेको वडाअध्यक्ष तामाङले बताउनुभयो ।

हरेक परिवारको ५ जनाको स्वास्थ्य बिमा वडा कार्यालयले गरिदिने छ । यसैगरी वडाका गरिब विपन्न नागरीकहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिँदै आएको बताउँदै उहाँले शिक्षा,स्वास्थ्य,खानेपानी,सडक जस्ता विकासका कुराहरुमा देखिने गरी आफुले काम गर्ने बताउनुभयो ।

वडाअध्यक्ष सन्तोष तामाङसँगको कुराकानी नै सुनौँ : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार