रामेछाप नगरपालिकाले सार्वजनिक ग¥यो एक सय दिनको उपलब्धि

सय दिनमा मुख्य १६ उपलब्धि

रामेछाप नगरपालिकाले सार्वजनिक ग¥यो एक सय दिनको उपलब्धि

सय दिनमा मुख्य १६ उपलब्धि

रामेछापको रामेछाप नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए पश्चात् नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी थापा कार्कीले सय दिनको अवधिमा गरेको उल्लेखनीय कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

गत जेठ ९ गते पदभार ग्रहण गर्नुभएका प्रमुख/उपप्रमुखले बिहिबार नगरपालिकाको हलमा आयोजित बार्षिक प्रगति समिक्षा कार्यक्रमको अबसरमा एक सय दिनको काम सार्वजनिक गर्नुभएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेको अध्यक्षतामा भएको बार्षिक प्रगति समिक्षा कार्यक्रममा उपप्रमुख बाल कुमारी थापा कार्कीले एक सय दिनको मुख्य कामहरु प्रस्तुत गर्नुभयो । उक्त कार्यक्रममा नगरपालिकाका सबै शाखाहरुबाट एक वर्षको अबधिमा भएका कामहरु सम्बन्धित शाखा प्रमुखहरुले प्रस्तुत गर्नुभएको थियो ।

नगर कार्यपालिका गठन पश्चात १०० दिन भित्र सम्पन्न भए गरेका प्रमुख कार्यहरुको संक्षिप्त विवरण

१) २०७९ साल बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट नगर कार्यपालिका गठन भए पश्चात मिति २०७९ साल जेठ १९ गतेका दिन कार्यपालिकाको प्रथम वैठक वसेको र सो पश्चात हालसम्म ६ वटा वैठकहरु सम्पन्न भएका छन् । ती बैठकबाट रामेछाप नगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा केन्द्रीत रही विभिन्न विषयका २९ वटा निर्णयहरु परित भएका छन् ।

२) शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन र पूर्वाधार, समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार भन्ने नगरको दीर्घकालीन परिकल्पना सहित मिति २०७९ साल आषाढ १० गतेबाट प्रारम्भ भई २०७९ साल आषाढ २३ गतेका दिन रामेछाप नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । नगर सभाले आर्थिक वर्ष ०७९/८० का लागि चालु तर्फ ४१ करोड २३ लाख ३७ हजार ८ सय ५ र पूजीगत तर्फ ३६ करोड ८२ लाख ४३ हजार १९५ गरी कुल रु ७८ करोड ५ लाख ८४ हजार वजेट स्वीकृत गरेको छ । नगरलाई समृद्ध वनाउन नगरसभाबाट स्वीकृत गरिएका विभिन्न विषय क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रमहरु नगरसभाबाट आम नगरवासी समक्ष सार्वजनिक गरि सकिएको छ ।

३) रामेछाप नगरपालिकाको विकास निर्माण कार्य र सेवा प्रवाहलाई चुस्त, दुरुस्त, पारदर्शी, सहज र सरलीकरण गर्नका लागि स्थानीय सरकार संचालन ऐन, २०७४ एवं रामेछाप नगरपालिकाको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन,२०७४ को व्यवस्था बमोजिम लेखा समिति, विद्यायन समिति, सुशासन समिति, न्यायिक समिति लगायतका ८ वटा समितिहरु र विभिन्न ५ वटा विषयक्षेत्रगत समितिहरु गठन गरी सवै समितिहरुलाई निर्दिष्ट जिम्मेवारीमा क्रियाशिल बनाईएको छ ।

४)रामेछाप नगरपालिकाले सम्पादन गरेका कार्य वा निर्णयहरु सार्वजनिक जानकारीमा ल्याउन तथा कार्यपालिकाको तर्फबाट जारी गर्नुपर्ने सार्वजनिक महत्वका सूचना, वक्तव्य, विज्ञप्ति आदि सार्वजनिक गर्ने लगायतका काममा रामेछाप नगरपालिकाको प्रवक्ता भै काम गर्न वडा नं ७ का वडा अध्यक्ष श्री समिर कार्कीलाई तोकिएको छ ।

५) नगर विकास ऐन, २०४५ बमोजिम नगर योजना कार्यान्वयन गर्नका लागि १२ सदस्यीय रामेछाप नगर विकास समिति गठन भई सो समितिको मिति २०७९/०५/०७ को बैठकबाट भएको सिफारिशका आधारमा रामेछाप नगरपालिका वडा नं ८ को रातमाटे, भंगेरी, रामेछाप वजार हुँदै वडा नं ७ को पालेवन टावरडाँडा सम्मको जग्गाको नगर योजना र जग्गा एकीकरण कार्यक्रमको संम्भाव्यता अध्ययन गरिदिन र नगरका अन्य संभाव्य स्थानहरुको जग्गा विकास कार्यक्रमको संभाव्यता अध्ययनकार्यका लागि नगर विकास कोष मार्फत प्रकृया अघि बढाईएको छ ।

६) रामेछाप नगरपालिकालाई २०७९ साल चैत्र महिना सम्म बालमैत्री नगर घोषणा गर्ने नगरपालिकाको प्रतिवद्धता अनुरुप वालमैत्रीका निर्धारित सूचकहरुको प्रभावकारी कार्यान्वयन गरी बालमैत्री नगर घोषणा गर्ने कार्यक्रम अन्तर्गत ११ औं नगरसभाबाट रु ३० लाख वजेट विनियोजन भएको र तदनुरुप सो सम्वन्धी काम सुचारु गर्न वडा स्तरीय सहजकर्ता र नगर सहजकर्ता सेवा परामर्शमा लिई काम गर्ने प्रकृया अघि वढाईएको छ ।

७) नेपाल सरकारले भूमिको समुचित उपयोग तथा सार्वजनिक हित समेतलाई ध्यानमा राखी सवै क्षेत्रमा भूउपयोग कार्यक्रम संचालन गर्न लागेको सन्दर्भमा भू(उपयोग ऐन,२०७६ बमोजिम यस नगरपालिकाका प्रमुखको अध्यक्षतामा मिति २०७९/०५/०८ मा स्थानीय भूउपयोग कार्यान्वयन समिति गठन भएको र सो समितिलाई प्रदत्त काम, कर्तव्य र अधिकार बमोजिमका कार्यहरु अघि वढाईएको छ । यसबाट नगर क्षेत्र भित्रको भूवनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा भूमिलाई विभिन्न १० वटा भूउपयोग क्षेत्रमा वर्गिकरण गरिनेछ ।

८) भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित वसोवासीलाई व्यवस्थापन गर्ने सन्दर्भमाराष्ट्रिय भूमि आयोग संग सम्झौता गरिएको साथै राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ बमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सा कार्यमा सहजीकरण गर्न १३ सदस्यीय नगर स्तरीय र सवै वडाहरुमा वडा स्तरीय सहजीकरण समितिहरु गठन भएको छ ।

९) सुनकोशी मरिण डाईभर्सन वहुउदेश्यीय परियोजनाद्धारा सुनकोशी नदीमा बाँध निर्माण कार्य अघि वढ्न लागेको सन्दर्भमा सुनकोशी नदीको तटिय क्षेत्रमा यस नगरपालिकाको प्रशस्त मात्रामा सुख्खाग्रस्त जमिन तथा टारहरु रहेको र ती जमिनहरु आयोजनाको प्रभावित क्षेत्र समेत पर्ने हुँदा उपयुक्त प्रविधि प्रयोग गरी सुख्खाग्रस्त जमिनमा सुनकोशी नदीको पानी उपयोग गर्न सकिने हिसावले आयोजना संचालन गरिदिन अनुरोध पत्र सहित नगर प्रमुखको नेतृत्वमा सुनकोशी मरिण डाईभर्सन परियोजना समक्ष डेलिगेशन गएको साथै नगरपालिकाको यस अनुरोधलाई आयोजनाले सकारात्मक ढंगले लिएको र स्थलगत संम्भाव्यता अध्ययन कार्य समेत समेत भै सकेको अवस्था छ।

१०) नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका सम्वन्धमा सम्पूर्ण माध्यमिक तथा आधारभुत तहका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सरोकारवालाहरुको सहभागितामा २ पटक समन्वयात्मक अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रमबाट नगरको शैक्षिक गुणस्तर सुधारका लागि मद्धत पुग्ने अपेक्षा राखिएको छ ।

११) जिल्ला भित्रका स्थानीय तह वीचका साझा हित र सरोकारका सवालहरुमा सहकार्य र समन्वय गरी पालिका वीचको अन्तरसम्वन्धलाई सुदृढ वनाउने सन्दर्भमा लागत साझेदारीमा कार्य गर्ने गरी मन्थली नगरपालिका र लिखु तामाकोशी गाँउपालिका सँग अन्तर स्थानीय तह समन्वय वैठक आयोजना गरिएको छ । यसबाट दुई पालिका वीच साझा सरोकार राख्ने पर्यटन पूर्वाधार विकास, खानेपानी र सडक आयोजनाहरुमा लागत साझेदारी गरी निर्माण कार्य अगाडी बढाउने सहमती भएको छ ।

१२) रामेछाप नगरपालिका अन्तर्गत सवै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा वर्थिङ सेन्टर सुरु भै २४ सै घण्टा निशुल्क प्रसुति सेवा संचालन भएता पनि भौगोलिक विकटताका कारण अझै पनि घरमा नै प्रसुति भैरहेको र मातृ तथा शिशु मृत्यु दरमा कमी नआएको हुँदा उक्त मृत्यु दरलाई घटाउन नगरपालिका अन्तर्गत रहेका वर्थिङ सेन्टरसम्म ल्याउन तथा उक्त स्वास्थ्य संस्थाहरुबाट सुविधा सम्पन्न माथिल्लो स्तरको अस्पताल सम्म प्रेषण गर्दा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने गरी नगर प्रमुखज्यूबाट पद वहाली भएको दिन मिति २०७९/०२/०९ मा निर्णय भएकोमा हालसम्म ४३ जना सुत्केरी महिलाहरुले सो सेवा प्राप्त गरेको अवस्था रहेको छ। यसबाट नगर भित्रका गर्भवती तथा सुत्केरी महिला र शिसुको मृत्यदर घटाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ।

१३) रामेछाप नगरवासी लगायत रामेछाप तथा छिमेकी जिल्लाका नागरिक समेतलाई सेवा पुर्याउने उदेश्यले यस नगरपालिकाको सहयोग र सहकार्यमा गत वर्षबाट सुरु गरिएको विशेषज्ञ सल्यक्रिया सेवालाई चालु वर्षमा समेत निरन्तरता दिइएको छ ।यो सेवाबाट हालसम्म जटिल प्रकृतिका १९ जना महिलाहरुलाई निशुल्क रुपमा सफल ढंगबाट सल्यक्रियाद्धारा प्रसुति गराईएको छ, भने २ जना व्यक्तिहरुको हर्निया र हाइड्रोशिलको सल्यक्रिया गरिएको छ।

१४) न्यायिक समितिमा दर्ता हुन आएका ८ थान मुद्धा फर्छौट गरिएको, मेलमिलापकर्ताहरुलाई सम्वन्धित विषयमा अभिमुखीकरण गरिएको र न्यायिक समिति गठन पश्चात हालसम्म न्यायिक समितिका ११ वटा बैठकहरु सम्पन्न गरिएको छ ।
१५) रामेछाप नगर क्षेत्र भित्र विपदबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो समुदायको जनजीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक कार्यहरु गर्ने प्रतिवद्धता सहितको १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणापत्र मिति २०७९ साल भाद्र १९ गते जारी गरिएको छ ।

१६) २०७२ सालको महाविनाशकारी भूकम्पबाट प्रभावित भएका यस नगर क्षेत्रभित्रका घर परिवारहरु मध्ये लाभग्राही कायम हुन नसकेका भूकम्प प्रभावित व्यक्तिहरुबाट भएको पुनरावेदनर गुनासोका सम्वन्धमा मिति २०७९/०५/१७ गतेका दिन सम्वन्धित सरोकारवालाहरुको सहभागितामा न्यायिक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । यसबाट पुनरावेदन गर्ने वास्तविक भूकम्प प्रभावित व्यक्तिहरु लाभग्राही कायम हुने अपेक्षा राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार