चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 

चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ गतेबाट सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यस वर्ष खाद्यान्नमा प्रति किलो ७ रुपैयाँ छुट दिने तयारी गरिएको छ । सुपथ मूल्य पसलबाट ज्युँदो खसी बोकामा प्रति किलो १० रुपैयाँ छुट दिने तथा यस वर्ष कर्णालीबाट ल्याएको सिमीमा प्रति किलो १० रुपैयाँ छुट दिनेछ ।

यस वर्ष चाडपर्वलाई लक्षित गर्दै कम्पनीले २ हजार सङ्ख्यामा खसी बोका किन्नेछ । चाडपर्व लक्षित खसीबोका विशेष गरी मकवानपुर, दाङ, सुर्खेतलगायतजिल्लाबाट खरिद गर्ने गरिएको छ । भेडा, च्याङ्ग्रा भने यस वर्ष पनि नल्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले  बताउनुभयो । चाडपर्वमा ४१ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार