५८ औँ राष्ट्रिय बाल दिवस : रामेछाप नगरपालिकामा हाजिरी जवाफ र नृत्य प्रतियोगिता

५८ औँ राष्ट्रिय बाल दिवस : रामेछाप नगरपालिकामा हाजिरी जवाफ र नृत्य प्रतियोगिता

बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ आज रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा एसइइ २०७८ मा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ ।

हिमगंगा मावि साँघुटारका छात्र सबिन थापा मगरलाई नगद १० हजार र मावि भंगेरीका छात्रा प्रिती तामाङलई नगद ९ हजार सहित सम्मान गरिएको हो । यसैगरी मावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा कालिका मावि देउराली प्रथम भएको छ । प्रथम हुँदै कालिका मावि देउरालीले नगद ९ हजार रुपैयाँ पुरस्का प्राप्त गरेको छ । प्रतियोगितामा द्धितिय हुँदै महारुद्र मावि बोलङबोलङले नगद ६ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल जनकल्याण मावि च्यास्कुले नगद ३ हजार रुपैयाँ प्राप्त गरेको छ ।

यसैगरी राष्ट्रिय बाल दिवसको अवसरमा भएको एकल नृत्य प्रतियोगितामा गौरीशंकर माविकी छात्रा गुन्जन श्रेष्ठ प्रथम हुनुभएको छ । उहाँले प्रथम हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा द्धितिय हुँदै जनकल्याण मावि च्यास्कुकी छात्रा शान्ता श्रेष्ठले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नुभयो । प्रतियोगितमा तृतिय स्थान हासिल गर्दै गंगालाल एकेडेमिकी छात्रा राशि श्रेष्ठले नगद १५ सय प्राप्त गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी काकी र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार