वडाअध्यक्ष कार्कीको पहलमा बिर्ताका ७५ वर्षका श्रेष्ठले पाए नागरिकता

रामेछापको रामेछाप नगरपालिका – ७ बिर्ताका ७५ वर्षका डम्बर बहादुर श्रेष्ठले बल्ल नागरिकताको प्रमाणपत्र पाउने भएका छ्न । वडाअध्यक्ष समिर कार्कीको पहलमा श्रेष्ठले ७५ वर्षको उमेरमा नागरिकता पाउने भएका हुन । सानै देखी बेपत्ता श्रेष्ठ ५० वर्षपछि गाउँ फर्किएका हुन । श्रेष्ठको आफन्त थला परेका वृद्ध दाइ नेत्रमान श्रेष्ठ बाहेक गाउँमा अरु कोहि छैन । […]

रामेछाप नगरपालिकाले सार्वजनिक ग¥यो एक सय दिनको उपलब्धि

रामेछापको रामेछाप नगरपालिकाले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भए पश्चात् नगर प्रमुख लबश्री न्यौपाने र उपप्रमुख बाल कुमारी थापा कार्कीले सय दिनको अवधिमा गरेको उल्लेखनीय कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । गत जेठ ९ गते पदभार ग्रहण गर्नुभएका प्रमुख/उपप्रमुखले बिहिबार नगरपालिकाको हलमा आयोजित बार्षिक […]

५८ औँ राष्ट्रिय बाल दिवस : रामेछाप नगरपालिकामा हाजिरी जवाफ र नृत्य प्रतियोगिता

बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ आज रामेछाप नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नगरपालिकाले राष्ट्रिय बाल दिवसको अवसरमा एसइइ २०७८ मा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । हिमगंगा मावि साँघुटारका छात्र सबिन थापा मगरलाई नगद १० हजार […]

रामेछाप नगरपालिका–८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । वडामा रहेका सबै घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने तयारी अन्तिम चारणमा पुगेको वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो । निशुल्क स्वास्थ्य बिमा कार्यक्रम यहि असोज महिना भित्रमा सुरु गर्ने तयारी रहेको वडाअध्यक्ष तामाङले बताउनुभयो । हरेक परिवारको ५ जनाको […]

चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ बाट सञ्चालन हुँदै 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज १ गतेबाट सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यस वर्ष खाद्यान्नमा प्रति किलो ७ रुपैयाँ छुट दिने तयारी गरिएको छ । सुपथ मूल्य पसलबाट ज्युँदो खसी बोकामा प्रति किलो १० रुपैयाँ छुट दिने तथा यस वर्ष कर्णालीबाट ल्याएको सिमीमा प्रति किलो […]

१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको […]

प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल

निर्वाचन आयोगले आगामी मङ्सिर ४ मा हुने प्रदेश र सङ्घको निर्वाचनका लागि १० हजारभन्दा धेरै मतदानस्थल कायम भएको जनाएको छ । मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ बमोजिम निर्वाचन आयोगले केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ । जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा १ हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको, साविकका ३ सय ६५ […]

अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालनपोषणको व्यवस्था गर्नुपर्ने

सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ आजबाट कार्यान्वयनमा ल्याएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज ऐन राजपत्रमा प्रकाशित गरेसँगै कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै अबदेखि बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरूले जेष्ठ नागरिकको सम्पत्तिमा समेत दावी गर्न पाउने छैनन् । ऐन अनुसार बुबा–आमा […]

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न पाइने

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्दैछ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी […]

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न मन्थली नगरपालिकाको निर्देशन

अधिकांस करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न रामेछापको मन्थली नगरपालिकाकाले निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै केहि बाहेक सवै करार तर्फका कर्मचारीहरुलाई साउन १ गते देखि हाजिर नगर्न,नगराउन निर्देशन दिएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । मन्थली नगरपालिकाद्धारा जारी सुचनामा करार थप गर्ने विषयमा अर्को […]