रामेछाप नगरपालिकाको वडावडामै योजना सम्झौता,उपभोक्तालाई सहज

रामेछाप नगरपालिकाको वडावडामै योजना सम्झौता,उपभोक्तालाई सहज

रामेछाप नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले जानकारी दिनुभयो ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि नगरपालिकाले वडावडामै पुगेर योजना सम्झौता गरेको हो । प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर सहितको टोली वडामै पुगेर योजना सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिरहेका छन ।

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

९ वटा वडा रहेको नगरपालिकाका हालसम्म ३ र ४ नं वडामा सम्झौता गर्ने कार्य सकिएको छ भने बाँकी रहेका वडामा पनि सम्झौता तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिने पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार