जिल्ला प्रशासन कार्यालय रामेछापमा मिटरब्याजी विरुद्ध एउटा मात्रै उजुरी

जिल्ला प्रशासन कार्यालय रामेछापमा मिटरब्याजी विरुद्ध एउटा मात्रै उजुरी

जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याज पीडितहरूको उजुरी सङ्कलन गरिरहेको छ । कार्यालयको सहायता कक्षमा शुक्रबार (आज)सम्म एउटा मात्रै लिखित उजुरी परेको छ ।

अनुचित लेनदेन मिटरव्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ को निर्णयअनुसार पीडितहरूसँग भएका कागजातका प्रमाणहरूसहित जिल्ला प्रशासन कार्यालयले यहि जेठ १४ गते आइतवारसम्म लिखित उजुरी दिन आव्हान गरेको छ ।

तर जिल्ला प्रशासन कार्यालय रामेछापमा एउटा मात्रै उजुरी परेको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा जीवन श्रेष्ठले जानकारी दिनुभयो । अनुचित लेनदेन मिटरव्याज सम्बन्धी कुनै उजुरी भए जिल्ला प्रशासन कार्यालयको पीडित सहायता कक्ष कोठा नं ७ मा गएर उजुरी दिन सकिने रामेछाप प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार