रामेछापको गर्जाङमा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

रामेछापको गर्जाङमा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरे स्थित गर्जाङमा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखिएको छ । २५६७ औँ बुद्ध जयन्तीको अवसर पारेर शुक्रवार गर्जाङको रमिते डाँडामा राष्ट्रिय झण्डा राखिएको हो । गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) ले झण्डा उत्तोलन गर्नुभयो ।

अध्यक्ष खड्काले गोकुलगंगामै देशकै ठूलो झण्डा फहराउन पाउँदा खुशी लागेको बतानुभयो । धार्मिक,सांस्कृतीक तथा पर्यटकीय हिसाबले सुन्दर रहेको गोकुलगंगा गाउँपालिकाको गरिमालाई सबैभन्दा ठूलो राष्ट्रिय झण्डाले अझ बढाएको उहाँले बताउनुभयो । गर्जाङ खिम्ती समाज सेवा समूहले त्यहाँ सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राख्ने काम गरेको हो ।

समुन्द्री सतहदेखी लगभग २५ सय मिटरको उचाईमा रहेको रमिते डाँडामा ७५ फिट अग्लो पोलमा ४५ फिट लम्बाई र २२ फिट चौँडाई भएको झण्डा राखिएको हो । गर्जाङ खिम्ती समाज सेवा समूहका अध्यक्ष श्याम कार्कीका अनुसार त्यहाँ राखिएको झण्डा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा हो ।

गोर्खा जिल्लामा ४० फिट अग्लो राष्ट्रिय झण्डा राखिएको तथ्य भेटिएको भन्दै उहाँले त्यो भन्दा ५ फिट बढी र अग्लो झण्डा राखिएको अध्यक्ष कार्कीको दाबी छ ।

गर्जाङको रमिते डाँडालाई मान्छे उठ्ने डाँडा समेत भनेर चिनिदो रहेछ । धेरै वर्ष पहिले एक जना लामा गुरु रमिते डाँडाबाट उडेर पारी पट्टी रहेको दोलखाको अर्को डाँडामा पुग्थे भन्ने स्थानिय बुढापाकाहरुको भनाई छ ।

धर्मिक तथा पर्यटकिय सुन्दरताले भरिएको रमिते डाँडामा अझै पनि ती उड्ने लामागुरु बसेर ध्यान गर्ने गुफा,लामा गुरुको पाईलाहरु र विभिन्न आकृतीहरु देख्न सकिने स्थानिय शिक्षक मोहन खड्काले बताउनुभयो ।

भौगोलिक विकटता,प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको यस क्षेत्रको विकासका लागी पहल गर्न त्यहाँका स्थानियहरुले पत्रकारहरुलाई आग्रह गरेका छन ।

यसरी फहराइरहेको छ : गर्जाङको रमिते डाँडामा राष्ट्रिय झण्डा 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार