घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूको सुझाव

घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूको सुझाव

घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी नै बनाउन विज्ञहरूले अनुरोध गरेका छन् । २०७२ सालको भूकम्पबाट झण्डै नौ लाख भवनमा क्षति पुगेको स्मरण गर्दै देशका हरेक क्षेत्रका नागरिकले भवनलगायतका संरचना बनाउँदा भूकम्प प्रतिरोधि नै बनाउनुपर्ने विज्ञहरूको भनाइ छ ।

२०७२ मा भूकम्पीय जोखिम ख्याल नगरी संरचना बनाइएकाले सात दशमलव आठ रेक्टरस्केलको भूकम्पले पनि ठुलो विनाश निम्त्याएको थियो । यो क्षतिका कारण घर र अन्य संरचना बनाउँदा भूकम्प प्रतिरोधी बनाउनुपर्छ भन्नेबारे नागरिकमा सचेतना बढेकोे छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि सरकारले वस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड लागु गरेको छ ।

यसकै आधारमा स्थानीय तहले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नक्सा पासमा कडाई गरेका छन् । भवनसंहिता लागु गर्ने स्थानीय तहको सङ्ख्या बढेको छ । भूकम्पपछि कतिपयमा रड सिमेन्ट प्रयोग गरेका सबै घर सुरक्षित भन्ने भ्रम देखिएको विज्ञहरू बताउँछन् ।

जसका कारण ग्रामीण भेगमा पनि इटा, रड र सिमेन्टको प्रयोग गरेर घर बनाउनेहरू बढिरहेका छन् । तर, सामग्रीले मात्र नभइ निर्माण गर्ने प्रविधि बढी महत्वपूर्ण हुने प्रविधी अन्वेषण विशेषज्ञ ईन्जिनियर विजयकृष्ण उपाध्यायले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार