नेकपा एसका नेता पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस) र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्न लाग्नुभएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । हिजै चार […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिनुभएको छ । आज बुधवार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो ।वाग्मती प्रदेशमा आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यसूची थियो । उहाँले बैठकमा बोल्दै मत विभाजनभन्दा आपसी सहकार्यबाट मात्रै प्रदेशको समृद्धि सम्भव भएकाले आफूले राजीनामा दिएको बताउनुभयो ।शाक्यको राजीनामासँगै वागमती प्रदेश सभाको […]

नेपाल तरुणदल स्थापना दिवसको अवसरमा रामेछापमा रक्तदान

नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर आज जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना दिवसको अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहकार्यमा संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको […]

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई सफाइ

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाउनुभएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले सफाइ दिएको हो । खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने भन्दै अदालतले सफाइ दिएको रजिष्ट्रार रामप्रसाद पौडेलले जानकारी दिनुभयो। खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो । खड्का माथि […]

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन हुनुभएको छ । आज भएको नगरपालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो । अन्य निर्वाचित पदाधिकारीमा : अध्यक्ष – राेषन पाख्रीन उपाध्यक्ष – हरि बहादुर प्रधान सचिव – सुन्दर घिमिरे उप सचिव – कुबेर श्रेष्ठ उप सचिव – माधब ढकाल नेकपा एमाले रामेछापको […]

एमाले रामेछापको पालिका अधिवेशन जारी

नेकपा एमाले रामेछापको पालिका अधिवेशन आज भइरहेको छ । जिल्लाको ८ वटै स्थानियतहरुमा एमालेका नेता तथा कार्यकर्ता सहभागी भएर नयाँ नेतृत्व चयन र आगामी योजनाहरुको बारेमा छलफल गरिरहेका छन । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा पालिका अधिवेशन भइरहेको बताउनुभयो । जिल्लाको सबै स्थानिय तहहरुमा एकैसाथ कुनै विवाद […]

रामेछापमा चिसो बढ्न थाल्यो

रामेछापमा केहि दिनदेखी चिसो बढ्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको हो । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार रामेछापसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर, बादल लागेको दिन भने तापक्रम […]

पहिचान नखुलेकालाई घर भाडामा नदिन गृहको निर्देशन

गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आह्वान गरेको छ । हिजो बिहान काठमाडौंको सिनामङ्गलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल […]

सिन्धुलीमा तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले उनीहरुसँगै अभियुक्त भगाउन सहयोग गर्ने ६ जना आफन्त, एक जीप तथा दुईवटा मोटर साइकल समेत पक्राउ […]

रामेछापमा एमालेको पालिका अधिवेशनको तयारी पूरा

नेकपा एमाले रामेछापले भोलि हुने पालिका अधिवेशनको तयारी पुरा भएको जानकारी दिएको छ । गत शनिबार वडाको अधिवेशन गरेको एमालेले कार्तिक ९ गते मंगलबार हुने पालिका अधिवेशनको तयारी पनि पुरा भएको जानकारी गराएको छ । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा एकैसाथ कुनै विवाद रहित ढंगले नेतृत्व चयन […]