रामेछापका ११६ जनाको पिसिआर रिपोट आउन बाँकी,१५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा मंगलबार अर्थात आजसम्म एक हजार ७७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय १६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक दुव्र्यवहार भए तत्काल कारवाही गरिने

कोरोना भाइरसको सङ्क्रमण भएका व्यक्ति, परिवार वा चिकित्सक कसैलाई पनि दुव्र्यवहार भए तत्काल उजुरी गर्न सरकारले अनुरोध गरेको छ । दुव्र्यवहार गर्नेलाई सरकारले कारबाही गर्ने गर्ने तयारी गरेकाले उजुरी दिन गृहमन्त्रालयले अनुरोध गरेको हो । कोरोना सङ्क्रमण देखिएपछि आइसोलेशनमा रहेका वा होम आइसोलेशनमा रहेकाहरुले वा तीनका परिवारले नै कोरोना सङ्क्रमण फैलाउँछ भन्ने गलत धारणाका कारण […]

सबैको मन जितेर रामेछापबाट विदाई भए डा. आनन्द

कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेर जिल्ला अस्पताल रामेछापमा काम गर्दै आउनुभएका डाक्टर आनन्द आचार्य रामेछाप जिल्लाबाट विदाई हुनभएको छ । कोरोना संक्रमितहरुको उपचार तथा सम्भावित संक्रमितहरुको परीक्षणमा अग्रपंतिमा रहेर काम गर्दै आउनुभएका उहाँ सबैको मन जितेर विदाई हुनुभएको हो । जिल्ला अस्पताल रामेछापले डा आचर्यले यो कोरोनाको परिस्थितीमा खेल्नुभएको भुमिकाको प्रशंसा गर्दै एक कार्यक्रमको […]

रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज फेरी रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र मन्थली नगरपालिकका हुन । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार वर्ष ३६ र ३८ का उनिहरुको घर रामेछाप भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौमै बसोबास गर्दै आएका छन । हिजो पनि […]

नेपालमा कोरोना विरुद्धको खोप परीक्षण गरिने

नेपालमा कोरोना विरुद्धको खोप परीक्षण गरिने भएको छ । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको मन्त्रालयका जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीर्ले जानकारी दिनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको […]

रामेछाप नगरपालिकाका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी

आज रामेछापका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । आज भेटिएको २ जना कोरोना संक्रमित रामेछाप नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले दिनुभएको जानकारी अनुसार संक्रमितहरुको घर रामेछाप नगरपालिका भएपनि उनिहरू कामको सिलसिलामा काठमाडौ मै बसोबास गर्दै आएका छन । संक्रमितहरु अहिले […]

रामेछापका ६८ जनाको पिसिआर रिपोट आउन बाँकी,२१ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म एक हजार १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब ६८ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । आज खाँडादेवी गाउँपालिकाका १० जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट ६ वर्षकी बालिका सहित ९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ११ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो । आजको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीकी […]

रामेछापका ३३ कोरोना संक्रमित मध्ये ३१ जना निको २ जनाको उपचार हुँदै

विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित २ जनाको भने उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । रामेछाप जिल्लामा आजसम्म एक हजार ६ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले सरकारलाई तत्काल १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य […]