रामेछाप गोकुलगंगा घर भएका तर काठमाडौँमै रहेका २ जनामा कोरोना पुष्टि

रामेछाप गोकुलगंगा घर भएका तर काठमाडौँमै रहेका २ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका घर भएका तर हाल काठमाण्डौँ रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का २७ वर्षका पुरुष र वडा नम्बर ५ का २८ वर्षका पुरुषमा आज कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको कोरोना परीक्षण काठमाण्डौँमै गरिएको र संक्रमितहरु अहिले काठमाण्डौँमै रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार