चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित, सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने

चिसो बढेसँगै देशभरको जनजीवन प्रभावित भएको छ । मौसम बदली भएसँगै देशभर अधिकतम तापक्रम घट्दा चिसो बढेको हो । देशका विभिन्न ठाउँमा ९ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अस्ति अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको हिजोको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियसमा झरेको […]

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य फेरि बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढेको छ । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर […]

अबको तीन दिन पानी र हिउँ पर्ने सम्भावना : चिसो बढ्ने

अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी र हिउँ परेर चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हिउँ र पानी परेपछि चिसो बढ्ने भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले दिउँसो देशका विभिन्न ठाउँमा वर्षा र हिमपात गराउने सम्भावना […]

रामेछापमा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुँदै

रामेछाप जिल्लामा यहि माघ ६ गतेदेखी १० गतेसम्म कोरोना विरुद्धको खोप अभियान सन्चालन हुने स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यहि पौष ६ गतेदेखी १० गतेसम्म संचालन भएको अभियानमा पहिलो मात्रा खोप लिएका १२ देखी १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई यहि माघ ६ गतेदेखी १० गतेसम्म उक्त खोपको दोश्रो मात्रा लगाईने छ । आफुले […]

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट लिन सकिने

आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिनेश्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम वैदेशिक […]

सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै भेला नहुन गृहमन्त्रालयको आग्रह

गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने,अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति […]

आजदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

सरकारले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द गर्ने निष्कर्षमा पुगेको सरकारले आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिनुभएको हो ।विद्यार्थीलाई वैकल्पिक […]

देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिए

जो जहाँ छ त्यहिबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेहरू बढेका छन् । देशभर झण्डै ८ लाख नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयहरूमा अहिले मतदाता नामावली दर्ता गराउन चाहनेहरूको भिड छ, तर आवश्यक जनशक्तिको भने अभाव देखिएको छ । अहिले पालिका स्तर र जिल्ला निर्वाचन […]

रामेछापमा पाँच हजार बढी नयाँ मतदाता थपिए

रामेछाप जिल्लामा पाँच हजार बढी नयाँ मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गते देखि पौष ९ गतेसम्म विभिन्न स्थानिय तहमा सन्चालन गरेको मतदाता नामावली संकलन अभियानमा ५ हजार ३ सय २० जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् । २५ सय ७४ महिला र २७४६ पुरुष गरी ५ हजार ३ सय २० […]

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । आसन्न निर्वाचनको तयारीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भेटघाट गरेको आयोगका पदाधिकारीले आउँदो वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको हो । आयोगले वैशाख १४ मा निर्वाचन गर्न सरकारसँग औपचारिक प्रस्ताब राखेको छ । यदि एकै चरणमा नभ्याईएको खण्डमा दोस्रो […]