नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला

नेपाली सेनाको सैन्य पदमा आवेदन खुल्ला भएको छ । नेपाली सेनाले आज सूचना जारी गर्दै ४ हजार सैन्य माग गरेको हो । कक्षा ८ उत्तिर्ण गरेका व्यक्तिले २७ भर्ना केन्द्र मध्ये आफुलाई पायक पर्ने स्थानमा गई आवेदन दिन सक्नेछन् ।

नेपाली सेनाले खुल्ला तर्फ २ हजार ९८, कर्तव्य पालनाको सिलसिलामा अशक्त÷मृत्यु भएका नेपाली सैनिकका सन्तती तर्फ १ सय १०, महिला ३ सय ५८, आदिवासी जनजाती ५ सय ७२, मधेशी ५ सय ५, दलित २ सय ७२ र पिछडिएको क्षेत्रमा ८५ जना माग गरेको छ ।

इच्छुकले आजबाट बैशाख १६ गतेसम्म र बैशाख १७ देखि २३ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन दिन सक्नेछन् । बैशाख १६ गतेसम्म १८ वर्ष पुरा भई २२ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार