लिखु ४ जलविद्युत आयोजनाको आईपिओ भर्ने म्याद थप

लिखु ४ जलविद्युत आयोजनाको आईपिओ भर्ने म्याद थप

ग्रिन भेञ्चर लिमिटेडले आव्हान गरेको आईपिओ भर्ने म्याद थप गरिएको छ । कम्पनीले आव्हान गरेको माग अनुसार लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले आईपीओ नभरेपछि कम्पनीले फागुन २३ गते सम्म आईपीओ भर्न सक्नेगरि म्याद थप गरेको छ । कम्पनीले ५२.४ मेगावाट क्षमता रहेको लिखु ४ जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका नागरिकहरुका लागि गत फागुन २ गते देखी फागुन १७ गते सम्म आईपिओ भर्ने आवेदन खुला गरेको थियो ।

३ अर्ब १२ करोड ५० लाख पूँजी रहेको कम्पनीको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रु १ सय दरका ३१ लाख २५ हजार कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकहरुका लागि खुल्ला गरेको थियो । आईपिओको आवेदन माग गरेको अबधीमा प्रभावित क्षेत्रका नागरिकहरुले करीब ७० प्रतिशतका लागि मात्र आवेदन दिएको भन्दै आवेदन दिने समयअबधी थप गरेको जनाएको छ ।

कम्पनीले प्रभावित क्षेत्रको रुपमा ओखलढुङ्गा जिल्ला अन्तर्गत खिजिदेम्बा गाउँपालिकाको १,२ र ३ साविकको रगनी र खिजिचण्डेश्वरी गाविस तथा लिखु ९, साविकको पोकली गाविसलाई प्रभावित क्षेत्रको रुपमा लिएको छ । त्यस्तै रामेछाप जिल्लाका लिखु तामाकोसी गाउँपालिका १ र २, साविकको सैपु र दुरागाँउ गाविस तथा उमाकुण्ड गाउँपालिका ७, साविकको भुजी गाविसलाई प्रभावित क्षेत्रका रुपमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार