रामेछापमा ६० हजार बढीले लगाए कोरोना विरुद्धको पुर्ण खोप

रामेछापमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको पुर्ण खोप ६० हजार बढीले लगाएका छन । जिल्लामा खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ६० हजार ६ सय ४३ जनाले पुर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा ६६ हजार २ सय १९ जनाले पहिलो मात्रा खोप लगाएका छन । जिल्लामा भेरोसेल,कोभिडशिल्ड, एस्ट्राजेनिका,जोन्सन एण्ड […]

पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने, आज र भोलि उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना

पर्सि आइतबारदेखि मात्रै मौसम खुल्न थाल्ने मौसमविद्ले बताएका छन् । अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावले हिजोदेखि नै देशका धेरै ठाउँको मौसम बदली भएको छ । यो क्रम आज र भोलि पनि चल्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि उच्च पहाडी तथा हिमाली भेगमा […]

आजबाट १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले आजबाट १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदैछ । अमेरिकाले उपलब्ध गराएको १ लाख ६ सय २० मात्रा फाइजर खोप १८ वर्षमुनिका र १२ वर्षभन्दा माथिका दीर्घरोगी बालबालिकालाई लगाउन थालिएको हो । कोभ्याक्स सुविधामार्फत् सहयोग स्वरुप फाइजर बायोएनटेकले विकास गरेको फाइजर खोप आजबाट लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले […]

१२ औँ राष्ट्रिय जनगणना सुरु, रामेछापमा २९८ जना गणक खटिए

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । राष्ट्रिय जनगणनाका लागि रामेछापमा २९८ जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्ला जनगणना कार्यालय रामेछापका प्रमुख सुरेश खतिवडाका अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा २९८ जना गणक खटाइएको बताउनुभयो । उहाँका […]

आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरू

आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा सुरू भएको छ । सरकारले संघीयतापछी पहिलो पटक जनगणना गर्न लागेको हो । जनगणनामा सहभागि हुन सरकारले सबै नागरिकलाइ आग्रह गरेको छ । यस पटक मेरो गणना मेरो सहभागीता भन्ने मुल नाराका साथ जनगाणना गर्न लागिएको हो । देशको पछिल्लो स्थितिलाइ लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको […]

राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घरघरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय […]

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले […]

वातावरण संरक्षण परियोजनाद्धारा वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग

वातावरण संरक्षण पुरस्कार २०७८ का लागि आवेदन माग गरिएको सुचना संघीय आर्थिक सहायता तथा विकास मन्त्रालय र तेर द जोम्स, जर्मनीको आर्थिक सहायोगमा सामुदायिक विकास समाज, सृजनशिल युूवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्मटारद्घारा रामेछाप जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका केही वडाहरुमा सञ्चालित वातावरण संरक्षण परियोजना अन्तरर्गत गठित राष्ट्रिय युूवा संजाल÷प्रदेश संजाल÷जिल्ला संजाल र […]

भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु पर्छ । उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने उहाँको भनाइ छ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै […]

देशभरी नै न्यूनतम तापक्रम घट्दा चिसो बढ्दै

आज देशको पहाडी भूभागको मौसम घाम लाग्दै बादल लागेपनि बाँकी ठाउँको मौसम भने सफा रहने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । सामान्यतया दिउँसो […]