तथ्यांक विभागले १२ औँ जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांक अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ ।
विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार रामेछाप जिल्लाको कुल जनसंख्या एक लाख ७० हजार ६२० छ । २०६८ सालमा रामेछापको जनसंख्या २ लाख २ हजार ६४६ थियो । १० वर्षमा ३२ हजार जनसंख्या घटेको देखिएको छ ।
रामेछाप जिल्लामा पुरुषको भन्दा महिलाको जनसंख्या बढी छ । महिलाको जनसंख्या ८९ हजार ८ सय ४२ रहेको छ भने पुरुषको जनसंख्या ८० हजार ७ सय ७८ जना रहेको छ । जिल्लामा पुरुष भन्दा महिलाको संख्या ९ हजार ६४ बढी छ ।
कुन स्थानिय तहमा कति जनसंख्या ?
मन्थली नगरपालिकाको जनसंख्या ४० हजार २ सय ३०
सुनापति गाउँपालिकाको जनसंख्या १४ हजार ६ सय १६
रामेछाप नगरपालिकाको जनसंख्या २५ हजार १ सय १७
खाँडादेवी गाउँपालिकाको जनसंख्या १९ हजार ३ सय ८१
लिखु तामाकोसी गाउँपालिकाको जनसंख्या १८ हजार ६ सय ७५
गोकुलगंगा गाउँपालिकाको जनसंख्या १८ हजार ३ सय ६३
दोरम्बा शैलुङ गाउँपालिकाको जनसंख्या १७ हजार ५ सय २९
उमाकुण्ड गाउँपालिकाको जनसंख्या १६ हजार ७ सय ९