जनताहरुलाई गुणस्तरीय स्वास्थ्यसेवा दिनुस :मन्त्री गिरी

स्वास्थ्यसमाचार राष्ट्रिय स्वास्थ्यकर्मी सघ नेपाल रुपन्देही ले १४ औ स्थापना दिवसको अबसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम मा रहेका अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण ,उपचार ,लत्ता कपडा र शैक्षिक सामग्रिहरु बितरण गरेको छ । कार्यक्रममा प्रमुख प्रदेश सरकारका उद्योग ,पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरि ले सङघ एक ढिक्का भयेर अघि बढन र सकारात्मक रचनात्मक काम […]

रुद्रपुर स्वास्थ्य चौकीको नया भवन शुभारम्भ,१५ शैयाको अस्पताल छिटै बन्ने :भट्टराई

स्वास्थ्यसमाचार रुद्रपुर स्वास्थ्य चौकीको नव निर्मित भवनको राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले एक कार्यक्रमका बिच उदघाटन गरे ।उनले कञ्चनको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन कुनै पनि बजेटको अभाव हुन नदिने वताए। उनले कञ्चनमा बिशेज्ञ चिकित्सक सहितको १५ शैयाको अस्पताल समेत छिटै बन्ने र सो को लागि गाउपालिकाले अस्पताल रहने स्थानको निश्चित गर्न आग्रह गरेका छन।स्वास्थ्य सबै […]

गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा

स्वास्थ्यसमाचार गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल मेलान गुल्मीको १४ औ स्थापना दिवसको अवसरमा नि शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मी जिल्ला अध्यक्ष केपी भण्डारीले वताए । सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले  वताए । […]

भारतबाट आएका बिरामीका कारण दाङमा औलोको जोखिम

स्वास्थ्यसमाचार विदेशबाट आउने बिरामीका कारण दाङमा औलोको जोखिम रहेको पाइएको छ । सरकारले नेपालमा औलो रोग निवारण गर्न विभिन्न गतिविधि सञ्चालन गरे पनि तराईका सिमावर्र्ती जिल्लामा भारततर्फबाट आउने बिरामीका कारण यो रोगको जोखिम कायमै रहेको हो । सन २०१२ यता नेपालमा औलो रोगका कारण कसैको मृत्यु भएको छैन । तर, प्रत्येक वर्ष बिरामी भेटिएका छन् । जिल्ला जनस्वास्थय कार्यालय […]

धरानमा डेंगुको महामारी, २सय ८१ जना संक्रमित

स्वास्थ्यसमाचार धरान उपमहानगरपालिकामा डेंगु फैलिँदा २ सय ८१ जनामा रोगको लक्षण देखिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशन विकास साहका अनुसार रगत परीक्षण गर्न पुगेका ८ सय ५२ जनामध्ये २ सय ८१ जनामा डेंगु भाइसर देखिएको बताए । प्रतिष्ठानले डेंगुका बिमारीलाई निशुल्क उपचार व्यवस्था मिलाएको अस्पताल निर्देशक डा। गौरीशंकर साहले […]

शुद्धोधन २ मा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु

स्वास्थ्यसमाचार रुपन्देही १९ लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा शुद्धोधन गाउँपालिका बडा नं २का सहयोगमा ख बनगाई हेल्थपोष्टमा ल्याबसंञ्चालन तथा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको छ । कार्यक्रमको शुद्धोधन गाउँपालिका बडा नं २का अध्यक्ष बिष्णु प्रसाद बस्यालले उदघाटन गरे ।उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले स्वास्थ्य सबैभन्दा महत्वपुर्ण क्षेत्र भएकोले समाज परिर्बतनका लागी आफु […]

स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण केन्द्रले नै गर्छ : शिक्षामन्त्री पोखरेल

स्वास्थ्य समाचार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐन २०७५ मार्फत चिकित्सकीय शिक्षा प्रणालीलाई सरकारले एकद्वार प्रणाली लागु गर्ने भएको बताएका छन् । शनिबार जनकपुरमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अभिमुखीकरण तथा प्रविधिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण गरिएअनुसार नै संघ र प्रदेशमा एउटै मापदण्ड अनुसार […]

स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने

स्वास्थ्यसमाचार अगामि आर्थिक वर्ष २०७६र०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले […]

भारतबाट कार्बाइड विषादीयुक्त आँप सिरहा बजारमा

स्वास्थ्यसमाचार आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । कार्बाइडलगायत विषादी प्रयोग गरेर […]

रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण

स्वास्थ्यसमाचार आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस […]