महामारीबीच सजग भएर दसैं मनाउन प्रधानमन्त्रीको अपिल

महामारीबीच सजग भएर दसैं मनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबीच सजग भएर दसैं मनाउन अपिल गर्नुभएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले दसैंको मुखमा कोरोना भाइरसको सङ्क्रमदर उच्च बनेको भन्दै आफन्तमा सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभएको हो ।जस्तो पारिवारिक भेटघाट तथा जमघट नगरी फरक तरिकाले दसैं मनाउन पनि उहाँले आग्रह गर्नुभएको छ । महामारीबाट आफू जोगिनु र परिवारलाई जोगाउनु अहिलेको आवश्यकता हो, प्रधानमन्त्री ओलीले भन्नुभयो त्यसैले हामी जहाँ छौं, त्यहीँ रहेर दसैं मनाऔं ।कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको बताउँदै उहाँले यसमा आमजनताको सहयोग आवश्यक हुने पनि बताउनुभयो । आमजनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले कुनै पनि कमी हुन नदिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार