कोरोना सङ्क्रमित बिरामीले स्वःघोषण गरे निःशुल्क उपचार हुने

कोरोना सङ्क्रमित बिरामीले स्वःघोषण गरे निःशुल्क उपचार हुने

नोबेल कोरोना भाइरसको जाँच र सङ्क्रमितको उपचार स्वयं बिरामीले गर्नुपर्ने ७ दिनअघिको निर्णय सरकारले नसच्याए पनि मापदण्ड मिल्नेगरी बिरामीले स्वघोषण गरेमा निःशुल्क उपचार गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै यसको सङ्केत गर्नुभएको हो । कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि सरकार कुनै पनि बहानामा पछि नहट्ने प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले आफै उपचार गर्न नसक्ने नागरिकलाइ सरकारले उपचार गर्ने जानकारी दिनुभयो ।

विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःसर्त दायित्व रहेको र अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नुपर्ने सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य भएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । कोरोना भाइरसको सङ्क्रमदर उच्च बनेको भन्दै आफन्तमा सङ्क्रमण फैलन नदिन विशेष सजगता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग बालुवाटारमा भेटेको र कुटनीतिक मर्यादा कायम नगरेको भन्दै आलोचना भइरहेको भए पनि प्रधानमन्त्री ओलीले यसबारेमा केही पनि उल्लेख गर्नुभएन ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले दृढताका साथ काम गरिरहेको बताउँदै उहाँले यसमा आमजनताको सहयोग आवश्यक हुने पनि बताउनुभयो । आमजनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले कुनै पनि कमी हुन नदिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार