कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज १७ जनाको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ सङ्क्रमित थपिएका हुन् । नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।यो सँगै देशभर सक्रिय सङ्क्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ६७ हजार १६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ८ सय ६३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ५९० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार