देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बितेको २४ घण्टामा देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ सय ६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जनानिको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । देशभर कोराना सङ्क्रमितको कुल संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको सङ्ख्या ३ हजार ७५ पुगेको छ । पछिल्लो घण्टामा ६ हजार ४ जनामाकोरोना परीक्षण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार